News Portal

उदयपुरमा ट्याक्टरको ठक्करबाट सशस्त्र प्रहरीका हबलदारको मृत्यु

उदयपुर | उदयपुरमा ट्याक्टरको ठक्करबाट एक युवाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ७ स्थित चुहाडे झोडामा लु ३ त ४४४९ नम्बरको ट्याक्टरको ठक्करबाट उदयपुरगढी गाउँपालिका ६ का ३८ वर्षिय युवा भूपु सशस्त्र प्रहरी हबलदार कालिदास भण्डारीको मृत्यु भएको हो ।

गाईघाटबाट चुहाडे तफै गई रहेको लु.३ च ४४४९ नम्बरको ट्याक्टरले सोही दिशा तफै गई रहेको अर्को ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आईरहेको भण्डारी सवार लु ४९ प ४०७४ नम्बरको मोटर साइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिनेश कुमार चौधरीले जानकारी दिए ।

ट्याक्टरको ठक्करबाट गम्भिर घाइते भएको भण्डारीको उपचारको क्रममा विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) चन्द्रदेव राईले जानकारी दिए । मृतक भण्डारी भूतपूर्व नेपाल सशस्त्र प्रहरी बलका हबलदार हुन् । उनले केही समय अगाडी मात्रै अवकाश लिएका थिए ।

Leave A Reply

Your email address will not be published.