News Portal

दमकमा डा. भगवान कोइरालालाइ भेटनका लागि विरामीहरुको लाम लाग्याे

दमक रेडक्रसमा भगवान भेटन बालबालिका तथा जेष्ठसम्मको लाग्यो ओइरो

बैशाख ०७ दमक। बरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालालाइ भेटनका लागि दमकमा विरामीहरुको लाम लागेको छ । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले आज शनिबार आयोजना गरेको मुटु रोग सम्बन्धिको स्वास्थ्य शिविर शुरु भएको छ ।

बरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालालाइ भेटनका लागि विरामीहरुको लाम लागेको छ । काठमण्डौमा उपचार गराएका तथा भेट्दै आएका विरामीहरुले यहि भेटन पाएपछि दंग बनेका थिए । मुटु रोगका बिरामी बालबालिकाहरु समेत उपचारका लागि उल्लेख्य रुपमा आएकाछन् ।

उपशाखाका निवर्तमान अध्यक्ष लिला गुरागाइका अनुसार बिहानैदेखि रेडक्रस परिसरमा बिरामीहरुको भिड लागेको छ । साँझसम्म नै स्वास्थ्य शिविर जारी रहने उनले बताएकाछन् । इसिजि, इको, ल्याव लगायतका सेवाहरु समेत यहाँ रहेको छ ।

सबैभन्दा बढि बिरामीहरुले डा. कोइरालालाइ भेटन चाहेको पाईएको रेडक्रसकर्मी प्रेम भट्टराइले बताए । डा. कोइरालाकाे साथमा डा. सञ्जिव शर्मा लगायतका आधा दर्जनभन्दा बढि बिशेषज्ञहरु आएकाछन् ।

आजै रेडक्रसद्धारा सञ्चालित सामुदायिक अस्पतालको पनि उद्घाटन हुने कार्यक्रम रहेको छ । यो प्रदेश नं। १ को पहिलो मुटुको उपचार हुने अस्पताल बन्ने छ ।विष्णुप्रसाद पोखरेल सवालनेपाल बाट

Leave A Reply

Your email address will not be published.