News Portal

सर्वोच्चमा नियुक्त पाँच न्यायाधीशको आज शितलनिवासमा शपथ

वैशाख ०८ काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशका नियुक्त पाँच न्यायाधीशको शपथ आज हुँदैछ । राष्ट्रपति भवन शितलनिवासमा एक समारोहबीच न्यायाधीशहरुको शपथ हुँदैछ ।

बिहान १० बजे शपथको समय तोकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबाट न्यायाधीशहरुले शपथ लिनेछन् ।

संसदीय सुनुवाइ समितिले नियुक्तिका लागि अनुमोदन गरेपछि शुक्रबार राष्ट्रपति भण्डारीले न्यायाधीश नियुक्त गरेकी थिइन् । सर्वोच्चमा प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा. मनोजकुमार शर्मालाई न्यायाधीशमा नियुक्त गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.