News Portal

मनकामना जाँदै गरेको बस धादिङमा दुर्घटना

काठमाडौंः काठमाडौंबाट मनकामना जाँदै गरेको मिनिबस धादिङको बेनीघाट नजिैक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

यस्तै अन्य २४ जना घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अबस्था गम्भिर रहेको छ ।

बा ४ ख १४१५ नम्बरको तिर्थालु बस बेनिघाट रोराङ गाउँपालिका–३ स्थित सलाङकोटमा बिहान साढे १० बजे दुर्घटना भएको हो ।

बस घुम्तिबाट २५ मिटर तल खसेको छ । घाइतेहरुको स्थानीय सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । बिस्तृत जानकारी आउन बाँकी रहेकाे छ ।

Leave A Reply

Your email address will not be published.