News Portal

श्रीलंकाको राजधानी कोलम्बोमा आतंककारी हमला, १ सय ३८ काे मृत्यु ४ सय घाइते

दश वर्षपछिको सबैभन्दा ठूलो विस्फोट

वैशाख ०८ कोलम्बो । श्रीलंकाको राजधानी कोलम्बोस्थित ३ गिरिजाघर र ३ ठूला पर्यटकीय होटलमा भएको श्रृंखलावद्ध बम विस्फोटमा परी हालसम्म १ सय ३८ जनाको मृत्यु हुनुका साथै ४ सय जनाभन्दा बढी घाइते भएको सुरक्षा निकाय तथा अस्पतालले जानकारी दिएको छ ।

श्रीलंकामा १० वर्ष अघि सकिएको गृहयुद्ध पछि भएको यो सबैभन्दा ठूलो विस्फोट हो ।

इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहँदा राजधानी कोलम्बोस्थित कोचीकाडे, नेगम्बो र बाट्टीकालोवामा रहेका तीनवटा चर्च तथा सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा बम विस्फोट भएको हो ।

कोलम्बोको कोचीकाडे गिरिजाघरमा भएको विस्फोटमा मात्रै ५० जनाको मृत्यु भएको बताइएको छ। यस्तै बाट्टीकालोवास्थित चर्चमा भएको विस्फोटमा मर्नेको संख्या २५ रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

 

Leave A Reply

Your email address will not be published.