News Portal

हटेन अझै समाजबाट छुवाछुत र भेदभाव

बैशाख ९ रुपन्देही।  नेपालमा जातीय छुवाछुतलाई फौजदारी अपराध मानेर मुद्दा चलाइने कारबाही चलाइने कानुनी प्रावधान छ, तर कानुन भएता पनि  कानुनको उल्लंघन गर्दै समाजमा जातीय छुवाछुतका घटना दोहोरिरहेका छन् ।

त्यसैको पछिल्लो उदाहरण बनेको छ– रुपन्देही, शुद्धोदन गाउँपालिका–४ फर्साटिकरकी २२ वर्षीया आरती विकको विवाह समारोहमा उपस्थित कथित उपल्लो जाति भनिएकाहरुबाट प्रदर्शित व्यवहार ।

बैशाख ५ मा भएको सो विवाह समारोहमा सहभागी हुन आएका राजनीतिक दलका कार्यकर्ता तथा टोल विकास समितिका अगुवाहरु भोज नखाई फर्केका छन् ।

विवाहमा बेहुला–बेहुलीलाई आशिर्वाद दिन आएका गैरदलित भनिने समुदायका छिमेकीहरु भोजमा सहभागी नभएपछि विक परिवारले उनीहरुबाट दक्षिणा फिर्ता गरेका थिए । नागरिक दैनिकबाट

Leave A Reply

Your email address will not be published.