News Portal

सन्दीप लामिछाने रहेको दिल्लीको खेल आज ,सन्दीप टिममा पर्ने सम्भावना कति ?

बैशाख ९ एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (सोमबार) सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच खेल हुँदैछ ।यो दुई टोलीबीचको  खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा राति ८:१५ मा सुरु हुनेछ ।

तेस्रो स्थानको दिल्लीको १० खेलबाट १२ अंक रहेको छ । दिल्लीले घरेलु टोलीलाई हराए शीर्ष स्थानको चेन्नई सुपर किङ्ससंगको अंक बराबरी गर्ने छ । चेन्नईको १४ अंक रहेको छ ।

घरेलु मैदानमा राजस्थान चौंथो जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ३ जित निकालेको राजस्थान ६ अंक जोडेर सातौं स्थानमा छ ।

राजस्थानविरुद्ध दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई मैदान उतार्ने सम्भावना रहेको छ । शनिबार पन्जाबविरुद्ध सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए । जसको कारण दिल्लीले ५ विकेटको जित थियो ।सन्दीपले ५ खेलमा ८ विकेट हात पारिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.