News Portal

पथरीमा जनदबाब बढयो,स्थिती नियन्त्रण गर्न प्रहरीले गर्यो हवाई फायरः रिना हत्या काण्ड (भिडियाे सहित)

बैशाख १० पथरी । मोरङको पथरीमा स्थानीयवाशीले प्रहरी प्रसाशनमा ढुङ्गामुडा र नगरापालिकामा तोडफोड गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।स्थितीलाई नियन्त्रण बाहिर गएपछि प्रहरीले हवाई फायर गरेको हो ।

अर्धनग्न अवस्थामा डेरा अगाडी मृत फेला परेकी रिना बस्नेतको हत्यारा पत्ता लगाउन दवाव दिदैं स्थानीयवाशीले आन्दोलन गरिरहेका छन् ।आज पनि पथरी उद्योग बाणिज्य संघको नेतृत्वमा बजार बन्द गरिएको छ । व्यवसायी रिनाको हत्यारा पतालगाई कारवाहीको माग गर्दै व्यवसायीहरुले बजार बन्द गरेका हुन ।

प्रहरी प्रशासन फितलो भएका कारण मोरङको पथरीशनिश्चरेमा दिनप्रतिदिन हत्या र हिंसा बढेको  पथरीका ब्यबसायी सहित स्थानीयको  आरोप छ।

यसअघि पनि पथरीमा भएका पाँच वटा घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।दिनप्रदिन पथरी अशान्त बन्दै गएपनि प्रहरीको निकम्मापनको कारण कुनैपनि घटनामा प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयले बजगाँईको सरुवा हुनुपर्ने माग समेत अघि सारेका छन ।

हेर्नुहाेस भिडियाेः

Leave A Reply

Your email address will not be published.