News Portal

अचम्मको घटना: श्रीमतीको प्रेमीसँग श्रीमानले गराइदिए विवाह, उपहारमा दिए छोरा पानि

बैशाख १० एजेन्सी। विश्वमा दिनैजसो अनाैठा र रोचक किसिमका घटनाहरु घटिरहेका हुन्छन ।कुनैकुनै घटना त यस्ता हुन्छन कि  हामीलाई पत्याउन पनि गाह्रो हुन्छ । त्यस्तै एउटा अनाैठाे घटना घटेको छ।  भारतको बिहारस्थित एक व्यक्तिले आफ्नी श्रीमतीको विवाह अर्का व्यक्तिसँग गराइदिएका छन् । यतिमात्र होइन उनले आफ्ना साढे दुई वर्षका छोरा श्रीमतीलाई उपहारका रुपमा सुम्पिएका छन् । यो अचम्मको विवाहमा थुप्रैको उपस्थिती पनि थियो ।

यो घटना बिहारको सालेपुर गाउँको हो । जहाँ एक व्यक्ति आफ्नी श्रीमतीसहित भाडाको घरमा बस्थे । उनीहरुका साढे दुई वर्षका छोरा पनि थिए । तर एकदिन ती व्यक्तिलाई कुनै मामलामा पुलिसले पक्राउ गरेर जेलमा राखे । य

सैबीच ती व्यक्तिकी श्रीमतीको सम्बन्ध घर मालिकका छोरा मोनूसँग रह्यो । कुरा यति बढ्यो कि यी दुई एक–अर्काबिना बस्नै सकेनन् ।जब महिलाका श्रीमान जेलबाट छुटे तब उनलाई उनीहरुको सम्बन्धबारे थाहा भयो । त्यसकारण उनले यी दुईको विवाह गराइदिने बारे सोचे ।

उनले ग्राम पंचायत भवनमा सरपञ्च पवन कुमार साहसमेत थुप्रैको उपस्थितीमा दुईको विवाह गराइदिए ।आफ्ना साढे दुई वर्षका छोरा पनि श्रीमती र उनका प्रेमीलाई उपहारमा दिए ।

Leave A Reply

Your email address will not be published.