News Portal

झापामा चट्याङ लागेर एक जनाको मृत्यु

भद्रपुर। झापाको भद्रपुर नगरपालिका–६ नयाँबारीका ३२ वर्षीय भीम राजवंशीको शुक्रबार बिहान चट्याङ लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा आज बिहान २ः०० चट्याङ लागेको थियो।

चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रवक्ता श्रेष्ठले बताए।

झापाको मेचीनगर नगरपालिका–१५ मा गत चैत २३ गते बिहान खेतमा मकै गोड्दै गर्दा चट्याङ लागेर ४० वर्षीय प्रकाश बुढाथोकीको मृत्यु भएको थियो भने दुई घाइते भएका थिए।

Leave A Reply

Your email address will not be published.