News Portal

धेरै मेकअअप नगर्नुहोस, छालाको क्यान्सर होला ! स्वास्थ्यमा हुन्छ यस्तो घाटा

ईटहरी।सुन्दर देखिन मेकअप गरिन्छ। त्यही मेकअपले सौन्दर्य बिगार्छ भन्ने हेक्का प्रायः लाई छैन। छालाका विशेषज्ञ र विज्ञानका प्राध्यापकहरूका अनुसार सौन्दर्य प्रसाधनमा हुने रासायनिक तत्त्वले छालालाई बिगार्ने मात्रै होइन, क्यान्सरसम्मको रोग निम्त्याउन सक्छ।धेरै सौन्दर्य सामग्री प्रयोग गर्नेहरूकै छाला छिटो खराब हुने गरेको छाला रोग विशेषज्ञ बताउँछन्। अत्यधिक प्रयोग हुने फाउन्डेसन, लिपिस्टिक, अत्तर, नङ पालिसजस्ता कस्मेटिकमा लिड कम्पाउन्ड, पेग कम्पाउन्ड, फर्मल डिहाइड, प्याराबेन जस्ता रसायन हुन्छन्, छालामा प्रयोग गर्न हुने भनिए पनि यस्ता रसायनले शरीरमा विभिन्न रोग पैदा गर्छन्।

नेपालमा कस्मेटिकको अधिक प्रयोग भएको डेढ दशकजति भयो। त्यसैले धेरै पहिलेदेखि यसको प्रयोग हुँदै आएका देशमा जस्तो छालाको समस्या यहाँ देखा परिहालेको छैन, छालासम्बन्धी रोग भने बढी देखिन थालेका छन्। धेरैजसो सौन्दर्य सामग्रीमा प्रयोग हुने मानवीय कारसिनोजेनयुक्त फर्मलडिहाइडको त कत्ति पनि प्रयोग गर्न नहुने उनी बताउँछन्।

प्रायः सबैमा कस्मेटिककै प्रयोगले समस्या भएको देखिएको छ । चिकित्सकहरूका अनुसार लिपस्टिकमा हुने लिड कम्पाउन्डबाट धेरैमा अनेक समस्या आएका छन् । लिड कम्पाउन्डको अधिक प्रयोगले रक्तचाप बढाउनुका साथै दिमाग र कलेजोमा समेत असर पार्छ ।

सौन्दर्य प्रसाधनहरूमा अत्यधिक पाइने रङहीन र प्रज्वलनशील रसायन फर्मलडिहाइडले श्वासप्रश्वासमा सिधै असर गर्ने हुनाले दम रोग निम्तिने गरेको छ । यो रसायन प्रायः नङ पालिस, बडिलोसन, स्याम्पु इत्यादिमा प्रयोग हुने गरेको छ । सबैखाले सौन्दर्य सामग्रीमा पाइने रसायनल थ्यालेट्सले इन्डोक्राइन हार्मोनलाई नाश गरी छालालाई छिट्टै मृत बनाउनेछ ।

 

Leave A Reply

Your email address will not be published.