News Portal

साइप्रसमा एक व्यक्तिले गरे सात महिलाको हत्या , एक नेपाली पनि हुनसक्ने गरियो आशंका

एजेन्सि । साइप्रसमा एक व्यक्तिले सात महिलाको हत्या गरेका छन् । सात महिलाको हत्या गरेको आरोप लागेका एक व्यक्तिले हत्या गरेको आरोप स्विकारेका छन् । ३५ वर्षका ग्रीक–साइप्रस मूलका सैन्य अधिकारीले थप हत्या गरेको कुरा स्विकारेका हुन् ।हत्यामा ज्यान गुमाउने रोमानियाकी एक महिला र उनकी आठ वर्षकी छोरी रहेको बताइएको छ त्यस्तै एक महिला जो भारतीय वा नेपाली मूलको हुनसक्ने बताएको छ ।

हत्या गरिएकी फिलिपिन्स मूलकी अर्की महिलाको पनि ५ वर्षीया छोरी हराएको बताइएको छ ।समाचारमा जनाइए अनुसार दुईवटा शव यसै महिना बाटोमा भेटिएका थिए भने तेस्रो बिहिबार भेटिएको थियो ।

Leave A Reply

Your email address will not be published.