News Portal

रिनाको मृत्युप्रकरण सेलाउन नपाउदै,केराबारीबाट बेपत्ता भएकी महिलाको शव तमोरमा फेला

बैशाख १३ धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालीका-७ सिम्ले स्थित तमाेर नदि किनारमा एक युवतीकाे शव फेला परेकाे छ ।

एक हप्ता अघिदेखि वेपत्ता भएकी केराबारी-५ कि एक महिलाकाे शव मूलघाट भन्दा करिब १५ किमि तल मूलघाट नदिकाे किनारमा भेटिएकाे छ । माझीहरूले बिहीबार बेलुकी सिम्ले भन्ने स्थानमा फेला पारेकाे मूलघाट प्रहरी चाैकीका हवल्दार कुमार कार्कीले बताए ।

गत आइतबार विहानदेखि केराबारी–५ सतिसालेकी २५ वर्षिय रोजिता दाहाल वेपत्ता भएकी थिइन् । बिहान धरान बजार जान्छु भनि घरबाट निस्किएकी महिला बेलुकी घर नफर्किए र बेलुकापख श्रीमान्लाई म्यासेज पठाएर आफु कहिल्यै नफर्किने गरी गएको बताएकी थिइन् ।

बेपत्ता महिलाले धनकुटाको मूलघाटमा रहेको पुल मुनि आफ्नो झोला, मोबाइल र पैसा समेत तमोर नदिको किनारमा भेटिएकाे थियाे ।

 

Leave A Reply

Your email address will not be published.