News Portal

हिम्मतवाली’ फिल्मका नायक सुदर्शन गौतमलाई अन्तर्राष्ट्रिय अपराधी घोषित

काठमाडौं | ‘हिम्मतवाली’ चलचित्रमा अभिनय गरेका सुदर्शन गौतमविरुद्ध इन्टरपोलद्वारा रेड नोटिस जारी गरेको छ ।नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करीको आरोप लागेका गौतमविरुद्ध साढे ८ महिनाको प्रक्रियापछि रेड कर्नर नोटिस जारी भएको हो।फिल्म ‘हिम्मतवाली’ मा अभिनय गरेका गौतमलाई रेड कर्नर नोटिस जारी भएसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले खोजी हुने छ। क्यानाडाको पिआर लिइसकेका गौतम अहिले क्यानाडामा बस्दै आएका छन् ।

उनीविरुद्ध दर्जनौं नेपाली युवालाई अमेरिका लैजाने भन्दै ठगी गरेको अभियोग लागेको छ । गौतमको समूहले फिल्मको सुटिङका नाममा तीन नेपाली युवतीलाई अमेरिका लान विभिन्न देश हुँदै हाइटीमा अलपत्र पारेका थिए। हाइटी हुँदै समुद्री बाटो भएर अमेरिका छिराउने योजना रहेको पानीजहाज बिग्रिएपछि उनीहरुलाइ पक्राउ गरिएको थियो । त्यसपछी अनुसन्धानकै क्रममा गौतमको संलग्नता देखिएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

Leave A Reply

Your email address will not be published.