News Portal

म्यानचेस्टर युनाइटेड छोड्न पोग्वाले गरे यस्तो तयारी

एजेन्सी । एकपछि अर्को खेलमा नराम्रो नतिजा हात पारेको म्यानचेस्टर युनाइटेडले आफ्ना केही खेलाडीहरु यस सिजनपछि बेच्ने भएको छ । मिडिया रिपोर्टका अनुसार लुकाकु, हेरेरा, माटा, एन्टोनियो भ्यालेनसिया, मार्कोस रोजो जस्ता खेलाडीहरु बेच्ने भएको छ ।

तर, म्यानुका स्टार खेलाडी पोउल पोग्वाले भने आफु रियल मड्रिडमा जान व्यक्तिगत रुपमा पहल गरेको मिडिया रिपोर्टमा उल्लेख छ । उनले रियलसँग कति मुल्यमा अनुबन्ध गर्ने भन्ने कुरामा छलफल गर्न आफ्ना पिएलाई भनेको बताइएको छ ।

रियलले पनि पोग्वालाई अनुबन्ध गर्न चाहेको बताइएको छ । रियलका प्रशिक्षक जिदानसँग भएको छलफलका कारण पनि पोग्वाले म्यानु छोड्ने पक्का भएको बताइएको थियो । डिसी नेपाल बाट साभार

Leave A Reply

Your email address will not be published.