News Portal

खुल्लामञ्चका अवैध सटर भत्काइयो, निरिक्षण गर्न पुगेकी उपमेयरमाथि आक्रमण

काठमाडौं। काठमाण्डौ महानगरपालिकाकाले खुलामञ्च अतिक्रमण गरि बनाईएका संरचना भत्काएको छ। शनिबार काठमाण्डौ जिल्ला प्रशासन कार्यालयका प्रमुख राम प्रसाद आचार्य समेतको उपस्थितिमा खुलामञ्चमा निर्माण गरिएको सटरहरुमा डोजर लगाईएको हो। खुलामञ्च अतिक्रमण गरि सटर निर्माण गरि व्यवसायीक प्रयोजनलाई दिईएको भन्दै व्यापक विरोध भएपछि सनिबार अपरान्ह ती संरचना भत्काईएको हो। महानगरपालिका र ठेकेदारको मिलेमतोमा खुलामञ्चमा संरचना निर्माण गरिएको थियो।

खुलामञ्चमा निर्माण भएका संरचना भत्काउने कार्यमा उपस्थित काठमाण्डौका प्रमुख जिल्ला अधिकारी आचार्यले महानगरले नै सम्झौता गरेको र महानगरले नै सम्झौता विपरित संरचना निर्माण भएको भन्दै संरचना भत्काउने निर्णय गरेकाले सो निर्णयलाई आफुहरुले सहयोग गरेको बताए। पुराना ९ वटालाई छोडेर नया ४२ वटा सटर भत्काईएको छ।

Leave A Reply

Your email address will not be published.