News Portal

धनुषामा भीषण हावाहुरी,दुईको मृत्यु, सयौं विजुलीको पोल ढले

बैशाख १५ जनकपुरधाम ।हावाहुरीले बारामा पुर्‍याएको मानवीय र भौतिक क्षतिको चोट भुल्न नपाउँदै आज (आइतबार) धनुषामा हावाहुरीले वितण्डा मच्चाएको छ ।  राति अचानक चलेकाे हावाहुरीका कारण धनुषाका विभिन्न स्थानमा मानवीय तथा भाैतिक क्षति भएकाे छ ।

बिहान  करिब ३ बजे पछि आएको हावा हुरी र पानीले गर्दा धनुषामा दुई जनाको मृत्यु भइ सकेको छ भने केही व्यक्ति घाइते छन् । मृत्यु हुनेमा धनुषाको नगराइन नगर पालिका वार्ड ५ का रामपति मुखिया ‘विन’ र ६५ वर्षीय महावीर दासको मृत्यु भएको रहेका छन् ।

सोही वडामा एक वर्कशॉपको जस्ता पाताले बनेको शम्पूर्ण छाना नै उड़ाइ दिएको छ। यता जनकपुर उप-महानाग रपालिका मिल्स एरियामा समेत एक घरमा लगाइएको इन्टरनेट टावर पनि हावाले उड़ाएर ध्वस्त बनाएकाे छ । जनकपुरकै पुलचौकमा बिजुलीकाे पोल हावाले ढालेको छ । जनकपुरको वार्ड ७ , ४ र ९ मा रातिदेखि नै बिजुली पनि काटिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार जनकपुर- ४ स्थित पीडरीया माईमा ४ लाख बराबर गाईगोठ क्षति भएको, नागराईन-२ स्थित पंचा यादवका दुइवटा घरमध्ये एक पूर्ण क्षति र अर्कोमा सामान्य क्षति भएकाे छ ।

त्यस्तै जनकपुरको पुलचौक मा तीनवटा बिजुली पोल ढलेको प्रहरीले जानकारी दिएकाे छ । यसबारे थप विवरण संकलन भइरहेकाे जनाइएकाे छ।

जनकपुर- १९ शिवपुरका ६० वर्षीय विरजु दासको पांच लाख लगाएर बनाएको दुई कोठाको फुस घर पनि हुरीले पूरै क्षतिग्रस्त बनाएकाे छ । उनकाे परिवारलाई अब कहाँ बस्ने पीर परेको छ ।

हावाहुरीले एक सय भन्दा बढी बिजुलीको पोल ढालेको छ । विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्र अन्तर्गत ५० वटा बिजुलीको पोलसहित ३ वटा ट्रान्सफर्मर समेत हावाहुरीले ढालेको प्राधिकरण प्रमुख सूर्यनारायण मण्डलले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.