News Portal

झापामा जिपको ठक्करबाट एकको मृत्यु

बैशाख १६झापा। पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मेचीनगर–१२ कालिझोडा सडक खण्डमा आज विहान भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ ।

दुर्घटनामा साइकल यात्री ताप्लेजुङ सिकैँचा–८ बस्ने ३१ वर्षीय दिपेश पौडेलको मृत्यु भएको छ ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ज २०५९ नम्बरको जीपले बाटो काट्दै गरेका पौडेललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिर्तामोडको बी एण्ड सी हस्पिटलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए ।ठक्कर दिने जीप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Leave A Reply

Your email address will not be published.