News Portal

सिन्धुलीमा सुन चोरेको आरोपमा पाँच युवा पक्राउ, तीन जना फरार

बैशाख १६ सिन्धुली। गएको फागुन ६ गते सिन्धुलीमाडीस्थित स्थानीय एक व्यक्तिको डेराबाट ६१ तोला सुन चोरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सोमबार पत्रकार सम्मेलन गरी सिन्धुलीको कमलामाई नगरपालिका–५, देउराली, रानीखोलाका विनोदकुमार दियाली, बुद्ध दियाली, प्रदीप दियाली, कमलामाई नगरपालिका–७, ठूलीटारका हरि खत्री र मोरङको सुन्दरहरैंचा नगरपालिका–२ का सुनिल बराइलीलाई सार्वजनिक गरेको छ।

चोरीमा संलग्न अरु तीन जना अझै फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । गएको फागुन ६ गते सदरमुकाम सिन्धुलीमाडीस्थित स्टलबजारमा रहेको मिश्राकुमारी खड्काको घरमा डेरागरी बस्ने सुरजीत सरकारको कोठाबाट उनीहरुले ६१ तोला सुन चोरेको प्रहरीले बताएको छ ।

Leave A Reply

Your email address will not be published.