News Portal

रोल्पामा मुख्यमन्त्री पोखरेलको कार्यक्रमस्थल नजिकै बम विष्फोट

बैशाख १६ बुटवल ।रोल्पामा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थल नजिकै बम विष्फोट भएको छ ।रोल्पामा अज्ञात समूहले  मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थलबाट केही किलाेमिटर पर ‘बम’ विस्फोट गराएका हुन् ।

नेकपाको रूकुम जिल्ला कमिटीको कार्यक्रममा सहभागी हुन लिवाङ पुगेका मुख्यमन्त्री शंकर पोखरेललाई तर्साउने उद्देश्यले कार्यक्रमस्थलबाट करीब ५ किलोमिटर टाढा अज्ञात समूहले बम विष्फोट गराएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार लिवाङस्थित नेपाल उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम शुरु भएको ५ मिनेटपछि विष्फोटको आवाज आएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमका डीएसपी दीपक थापाले विष्फोट भएको पुष्टि गर्दै अहिले घटनास्थलमा सुरक्षाकर्मी पठाइएको जानकारी दिएका छन् । उनले कार्यक्रमस्थलबाट धेरै टाढा विष्फोट भएकाले कार्यक्रम सहज रुपमा चलिरहेको पनि जानकारी दिएका छन् ।

कार्यक्रमस्थलसम्म विष्फोटको आवाज आएपछि कार्यक्रमस्थलमा केहीबेर तनाव समेत भएको बताइएको छ । यद्यपि कार्यक्रम अवरुद्ध नरोकी कडा सुरक्षाबीच जारी राखिएको थियो ।

Leave A Reply

Your email address will not be published.