News Portal

गेष्ट हाउसमा लगेर जुम्ल्याहा दिदी–बहिनीलाई बलात्कार

बैसाख १६ भक्तपुर । जुम्ल्याहा दुई बालिकालाई गेस्ट हाउसमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१,० मूलढोका बस्ने २६ वर्षीय सुनिल शिल्पकार र काभ्र्र्रे रोशी गाउँपालिका ७ घर भई हाल भक्तपुर कमल विनायक बस्ने १८ वर्षीय विशाल तामाङ्गलाई प्रहरीले १४ गते राति नै पक्राउ गरेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

रामेछाप घर भएका १५ वर्षीया जुम्ल्याहा दुई बालिकालाई गत १३ गते ललाई फकाई कमलविनायकको फेमिली गेष्ट हाउसमा लगेर बलात्कार गरेको किटानी जाहेरीका आधारमा वैशाख १४ गते राति दुई जनालाई गिरफ्तार गरेको हो ।

वैशाख १३ गते १ बजे घरबाट दुई छोरी हराएको भन्दै १४ गते साँझ बालिकाको आमाले महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएपछि खोजतलासको क्रममा त्यसै दिन राति ९ बजे आरोपितलाई गिरफ्तार गरेको श्रेष्ठले बताए ।

Leave A Reply

Your email address will not be published.