News Portal

जन गायक जेबि टुहुरे भोली झापा आउदै

कालजायी गीतहरु गाँउने

बैशाख १७ दमक । जन गायक जेबि टुहुरे बुधबार झापा आउने भएकाछन् । आमाहरु हो, छोरीहरु हो , आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर….., बसाई हिंड्नेको तांतीले बस्नेको मन रुवाउंदछ, लाखौंको लागि उजाड छ यो देश मुट्ठी भरलाई त स्वर्ग छ…, बिर छोरा… जस्ता कालजायी एव जनपक्षीय गीत गाउने जन गायक जेबि टुहुरे भोली झापा आएर गीत गाउने भएकाछन् ।

 

 

झापाको शिवसतासी नगरपालिकाको दुधेमा कार्यक्रम रहेको छ । कार्यक्रमको संयोजक स्थानीय नेपाल कम्यूनिष्ट पार्टी नेकपाले नै गर्ने बताईएको छ ।

नेकपा नगर कमिटी अध्यक्ष महेन्द्र भट्टराइका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

जन गायक टुहुरे आउने भएपछि स्थानीय पनि उत्साहित भएको उनले बताएकाछन् । यस क्षेत्रका बासिन्दा टुहुरेका गीतहरु सुन्न आतुरछन्, उनले भने ।

जन साँस्कृतिक महासंघ शिबसताक्षी नगर कमिटिले यसको ब्यवस्थापकीय काम गर्दै आएको बताइन्छ ।

 

Leave A Reply

Your email address will not be published.