News Portal

प्रेम गीत ३ को पोष्टर संगै रिलिज मिति सार्वजनिक, निर्माताले निर्देशन गर्ने कुराले सबै उत्साहित

काठमाडौँ |आसुसेन फिल्म्सको पाचौ प्रस्तुती प्रेम गीत- ३ को निर्माण र प्रदर्शन मितिले यतिबेला नेपाली चलचित्र उधोग तातेको छ । २०७६ चैत्र २८ गते शुक्रबार प्रदर्शनमा आउने चलचित्र निर्माता ससन्तोष सेन स्वयमले पनि निर्देशकको आधा हिस्सा समाल्ने भए पछि चलचित्र नगरिमा झनै चर्चा चुलिएको हो ।चलचित्रमा लगानी सगै कथा लेखन देखि निर्माण र प्रचार-प्रसार अनि प्रदर्शनमा आफै सकृय हुने निर्मता सेनले निर्देशनमा पनि भुमिका देखाउनको कारण प्रेम गीत-३ ले ठूलो आशा देखाएको छ । लेखक तथा निर्देशक छेतन गुरुङ संगको सहकार्यमा निर्माता सेनले चलचित्र निर्देशन गर्दैछन । लामो अध्यन र अनुसन्धान पछि चलचित्रको कथाले अम्तिम रूप लिइसकेको निर्माण पक्षको दावी छ ।

 

 

किताबमा लेखिएका दृश्यहरूलाई साक्षत पर्दामा उतार्न यतिबेला निर्माण पक्ष कुनै कसुर बाकी नराखी तयारीमा जुटेको छ ।चलचित्रका कुनै कलाकार फाइनल नभएको अवस्थामा मुख्य भुमिकामा को रहने भनेर पनि चलचित्र बजारमा गोसिप चलेको छ । प्रेम गीत नायक प्रदीप खड्का प्रेम गीत सिरिजमा तेस्रीने लगभग पक्का भए पनि नायिकाको टुङ्गो लागेको छैन ।तर चलचित्रको प्रदर्शन मिती नेपाल लगायत अमेरिकामा समेत आगामी चैत्र २८ गते शुक्रबारलाई तोकिएको छ । निर्माता सेनका विस्वासिला पात्र, आसुसेन फिल्म्सका जनसम्पर्क अधिकृत तथा मेरी मामुका कार्यकारी निर्माता रेशम जङ्ग शाहले जसरी पनि चलचित्र नेपाल र अमेरिकामा एकै दिन प्रदर्शन गर्ने दावी गरेका छन ।

 

 

Leave A Reply

Your email address will not be published.