News Portal

प्रधानमन्त्रीसम्मको तलब भत्तासम्बन्धी नयाँ व्यवस्था, ४ दिनभन्दा बढीको खर्च आफैँले व्यहोर्नुपर्ने

बैशाख १८ काठमाडौँ । राजधानीमै बसेर जिल्लाको खर्च देखाउने प्रवृतिलाई निरुत्साहित गर्न सरकारले नयाँ व्यवस्था ल्याएको छ । मन्त्री, राज्यमन्त्री र तिनका स्वकीयहरु साताभरी जिल्लातिर बरालिएर त्यहीबापतको भत्ता र होटल खर्च राज्यबाट लिने प्रचलनलाई निरुत्साहित गर्न सरकारले यस्तो व्यवस्था ल्याएको हो।

 मन्त्रालयको ढोकै थुनेर बजेट निर्माणमा खटिरहेको अर्थले कार्यसञ्चालन निर्देशिकामार्फत दरबन्दी तथा तलब भत्तासम्बन्धी नयाँ व्यवस्था गरेको हो ।नयाँ व्यवस्थाअनुसार अब एक साता जिल्ला बस्दा ४ दिनसम्मको खर्च सरकारले व्यहोर्नेछ भने बाँकी जोखिम आफैँले बहन गर्नुपर्नेछ ।

यस्तै ७ दिनभन्दा बढी भ्रमण हुँदा ५६ प्रतिशत मात्र भत्ता दिइने, एक जिल्लामा दुई दिनभन्दा बढी बस्न नपाइने, एउटा जिल्लामा दुई पटक भ्रमण गर्न नपाइने, उपलब्ध भएसम्म सरकारी गेष्टहाउसमै बस्नुपर्ने , भ्रमण पूर्व प्रधानमन्त्रीसँग स्वीकृति लिनुपर्ने र जिल्लाबाट फर्किएपछि प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेश गरी स्वीकृत भएपछि मात्र भुक्तानी पाइने व्यवस्था मिलाइएको छ ।आस्था साप्ताहिकबाट

Leave A Reply

Your email address will not be published.