News Portal

भारतको महाराष्ट्रमा बम विष्फोटमा परी १५ सुरक्षाकर्मीको मृत्यु

बैशाख १८ एजेन्सी। भारतको महाराष्ट्र राज्यको गढचिरौली जिल्लामा नक्सलवादीहरुले गरेको आक्रमणमा परी १५ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।बुधबार गस्तीमा गइरहेको प्रहरीको गाडीलाई लक्षित गरी नक्सलवादीको एक समूहले आईडी बम विष्फोट गराएको हो ।

गाडीमा १६ जना प्रहरी सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।अहिले पनि त्यस क्षेत्रमा नक्सलवादी र सुरक्षाकर्मीबीच भिडन्त जारी रहेको छ । केही समयअघि मात्रै महाराष्ट्रका विभिन्न ठाउँमा माओवादीहरुले तीन दर्जनभन्दा बढी गाडी जलाएको खबर आएको थियो ।

Leave A Reply

Your email address will not be published.