News Portal

सेल्सवेरी डिर्पाटमेन्टबाट ९ लाख चोरी गर्ने पूर्व गार्ड गोंगबुबाट पक्राउ

बैशाख १८ काठमाडौं।  ललितपुर महानगरपालिका–१५ मा स्थित रहेको सेल्सवेरी डिर्पाटमेन्टबाट नगदसहित चोरी गर्ने सोही सेल्सवेरी डिर्पाटमेन्टका पूर्वसेक्रेटी सिन्धुली हरिहरपुरगढी गाउँपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका–२० मचागल बस्ने वर्ष २८ का इन्द्रबहादुर घिसिङलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले डिपार्टमेन्टबाट ८ लाख ८४ हजार ३३९ रुपैयाँ चोरी गरेका थिए।चोरी भएको भोलिपल्ट गोंगबुबाट पक्राउ परेका घिसिङ्ग सोही डिमार्टमेन्टको पूर्व गार्ड रहेको खुल्न आएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख (डीएसपी) गौतम मिश्रले बताएका छन् ।

पक्राउ परेका घिसिङ्गले चोरी गरेको स्वीकार गरिसकेका छन् । प्रहरी समक्ष उनले डिपार्टमेन्टमा चोरी गर्ने योजना दुई दिनअघि नै बनाएको बताएको डीएसपी मिश्रले जानकारी दिएका छन् ।

घिसिङ्गले बताए अनुसार उनी वैशाख ५ गते साँझ ७ बजेतिर लगनखेल पुग्छन् । सेल्सवेरी कति बजे बन्द हुन्छ भन्ने कुरा इन्द्रबहादुरलाई थाहा छ । किनकी उनले उक्त सेल्सवेरीमा गार्डको काम गरिसकेका छन् ।

बन्द हुने समयतिर इन्द्रबहादुर सेल्सवेरीभित्र पस्छन् । त्यतिबेला रातिको ८ बजिसकेको हुन्छ । सिधै शौचालय गएका उनी त्यहीं लुकरे बस्छन् । त्यहाँ कार्यरत सबै कामदारहरु ‘चेक आउट’ गरेर आ–आफ्नो घर जाँदा रातिको १० बजिसकेको हुन्छ ।शौचालयबाट निस्केर इन्द्रबहादुरले कामदारहरुले लगाउने कपडा खोज्छन् ।

त्यहाँ काम गरिसकेका इन्द्रबहादुरलाई कपडा कहाँ राख्ने गरिन्छ भन्ने कुरा सबै थाहा छ । सोही अनुसार त्यहाँको कामदारको कपडा लगाएर चार हात खुट्टा टेकेर उनी भित्र पस्छन् ।सेल्सवेरी डिपार्टमेन्टको भित्र पसेका इन्द्रबहादुरे सिधै काउन्टरको चाबी खोज्न थाल्छन् । काउन्टरको चाबी राख्ने ठाउँ पनि थाहा भएका इन्द्रबहादुरले स्टोरको सेफ खोली सेफभित्र रहेको ८ लाख ८४ हजार रुपैयाँ लिएर उनी साढे १२ बजेतिर त्यहाँबाट निस्कन्छन् ।

भोलिपल्ट सेल्सवेरीका स्टाफले स्टोर खोल्दा चोरी भएको थाहा पाउँछन् । अनि तत्कालै प्रहरीलाई खबर गर्छन् । अनुसन्धानका क्रममा पक्राउ परेका घिसिङ्गको हुलियासँग मेल खाएको सातदोबाटो वृत्तका डीएसपी मिश्रले जानकारी दिए । घरमा पनि मिश्रलाई नभेटेपछि प्रहरीलाई झनै शंका भयो ।

एक जना व्यक्तिको सहायतामा सातदोबाटो वृत्तबाट खटिएको प्रहरी टोलीले इन्द्रबहादुरलाई गोगंबुस्थित एक म्यानपावरबाट पक्राउ गरेको डीएसपी मिश्रले बताएका छन् ।

पक्राउ परेका इन्द्रबहादुर हाल सातदोबाटो वृत्तमा छन् ।उनीमाथि थप सोधपुछ र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.