News Portal

जापानमा नयाँ राजाद्वारा राज्यरोहण

एजेन्सी, १८ बैशाख । जापानमा ८५ वर्षीया राजा अकिहितोले राजगद्दी त्यागेको घोषणा गरेपछि बुधवारदेखि उहाँका छोरा नारुहितोले राजगद्दी सम्हाल्नुभएको छ । नारुहितोले बुधवार जापानको १ सय २६ आैं राजाका रुपमा राजगद्दी सम्हाल्नु भएको हो ।

नयाँ सम्राट नारुहितोले जापानी राजदरवारमा आयोजित एक कार्यक्रममकाबीच विधिपूर्वक राज्यारोहण गर्नुभएको छ । राज्यारोहणको औपचारिक र परम्परागत विधि सम्पन्न भएपछि सम्बोधन गर्दै उहाँले विश्वका जनताको सुख, देशको प्रगति र विश्वशान्तिको कामना गर्नुभयो ।

छोटो मन्तव्यका क्रममा ५९ वर्षीय नारुहितोले आफ्ना बुवा आकिहितोप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँका बुवा आकिहितोले मंगलवार राजगद्दी परित्याग गरेको घोषणा गर्नुभएको थियो । नारुहितो नयाँ सम्राट बनेपछि जापानमा रेवा नाम दिइएको नयाँ युग आरम्भ भएको जनाइएको छ ।

जापानी भाषामा रेवाको अर्थ सुव्यवस्था र सामन्जस्य भन्ने रहेको छ । जापानका राजामा कुनै राजनीतिक अधिकार नभएतापनि राष्ट्रिय प्रतिकका रुपमा राजालाई लिने गरिन्छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गर्नुभएका नयाँ सम्राट नारुहितो २८ बर्षको उमेरमा जापानको युवराज बन्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.