News Portal

श्रमिक दिवसको अवसरमा “जय मजदुर” को शुभ मुहर्त

बैशाख १८ काठमाडौ । श्रमजीवि मजदुरहरुको अधिकार प्राप्तिको दिनको अवसरमा नेपालमा पनि आज बिविध कार्यक्रमको आयोजना गरिन १३० औ मजदुर दिवस मनाइएको छ ।

यस्तै गैर राजनीतिक मजदुर सङ्गठन श्रमजीवि ट्रेड युनियन महासङ्घ नेपालले पनि एक कार्यक्रमको आयोजना गरि शुभकामना आदान प्रदान तथा विभिन्न क्षेत्रका प्रतिश्ठित ब्यक्तिहरुलाई सम्मान गरि मनाएको छ । कार्यक्रम महासङ्घका अध्यक्ष राम बहादुर तामङ्गको सभापतित्व तथा मन्त्री परिषदका पूर्व अध्यक्ष एबम पूर्व प्रधानन्यायाधिस खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा आयोजना भएको हो ।

 

उक्त समारोहकै बिचमा “जय मजदुर” नामक चलचित्रको समेत शुभ मुहर्त गरिएको छ । नायक राजु श्रेस्ठले मुहर्त सट दिएका दिए भने क्यामरा जीवन श्रेष्ठले चलाएका थिए । श्रमजीवि मल्टी फाउण्डेसनको ब्यानरमा बन्ने उक्त चलचित्रका बाकी कलाकार र प्राविधिकको छनौट भै रहेको बताइएको थियो भने लेखन तथा निर्देशन तुलसी बास्कोटाले गर्नेछन ।

 

Leave A Reply

Your email address will not be published.