News Portal

श्रीमानकै अगाडि श्रीमतीको बलत्कार (भिडियो सहित)

बैशाख २५ एजेन्सी। यतिबेला बलत्कारका घटना दिनदिनै बढीरहेको  छ , बलत्कारको शिकार साना उमेरका बालबालिका देखि बृद्धसम्म पनि भएका छन यस्तै एउटा अचम्म लाग्दो घटना भएको छ ।

भारतको राजस्थानको अलवर जिल्लामा एक दलित दम्पत्तिलाई बाटोमा रोकेर सुनसान गल्लीमा लगियो र श्रीमतीलाई सामूहिक बलात्कार गरियो ।

घटनाको भिडियो समेत भाइरल बनाइयो । यस घटनालाई लिएर स्थानीय दलित संगठनहरुले अलवरको थानागाजीमा प्रदर्शन गरेका छन्।प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ भने चार जनाको खोजी जारी रहेको बताएको छ ।

लापरबाहीको आरोपमा प्रहरी अधिकारी सरदार सिंहलाई निलम्बित गरिएको छ।दलित संगठनहरुको दाबी छ कि प्रहरीले यस घटनालाई लामो समयसम्म लुकाएर राख्यो किनभने लोकसभाको चुनाव थियो ।

घटना अप्रिल २६ मा भएको बताइएको छ।घटनामा संलग्नहरुले भिडियो भाइरल बनाइदिने धम्की दिएपछि पीडित दम्पत्तिले घटनाबारे सुरुमा मुख खोलेका थिएनन् । तर, त्यसपछि पनि ठूलो रकम माग गरियो र नदिएपछि भिडियो भाइरल गरियो ।घटनाप्रति आक्रोशित स्थानीय बासिन्दाले थानागाजीमा प्रदर्शन गरे र राष्ट्रिय राजमार्गमा चक्काजाम गरे । यसपछि मात्रै प्रहरी एक्सनमा आयो र एक जनालाई पक्राउ गर्यो ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा इन्द्राज गुर्जरलाई पक्राउ गरेको छ । यसका साथै छोटेलाल, महेश गुर्जर, हंसराज र अशोक फरार रहेका छन् ।त्यहाँका प्रहरी अधिकारी कपिल गर्गले पत्रकार सम्मेलन गरेर घटनामा पाँच अभियुक्त रहेको उनीहरुको खोजीका लागि प्रहरीको १४ वटा टीम खटिएको जानकारी दिएका छन् ।उनले प्रहरीले लापरबाही गरेको पाइए कारबाही हुने बताए ।

प्रदर्शनमा सहभागी अलवकार जिल्लाका एक दलित अगुवा चरण सिंहले घटना अप्रिल २६ मा घटेको बताए । उनका अनुसार पीडित दम्पत्ति मोटरसाइकलमा गइरहेका थिए । पाँच जनाले उनीहरुलाई घेरे । त्यसपछि सुनसान ठाउँमा लगेर श्रीमानकै अगाडि श्रीमतीमाथि दुष्कर्म गरे ।

दलित संगठनको आरोप छ कि अभियुक्तहरुले घटनाको भीडियो बनाउँदै गए, श्रीमानलाई बेस्सरी कुटपिट गरे । पीडित महिला चिच्याउन थालेकी थिइन् तर सहयोग गर्ने कोही भएन ।प्रहरीले लोकसभा चुनाव प्रभावित हुन नदिन घटनालाई थामथुम पारेको आरोप लागेको छ ।

Leave A Reply

Your email address will not be published.