News Portal

डा. केसीसँग सम्वाद सुरु, वार्ता टोली बनाउने तयारी

३१ असार, काठमाडौं । आमरण अनशनरत डा. गोविन्द केसीसँग अनौपचारिक सम्वाद भइरहेको सत्तारुढ दलका एक नेताले बताएका छन् । अब सरकारी वार्ता टोली नै बनाएर औपचारिक सम्वाद सुरु गर्ने तयारी छ ।

सरकार र डा. केसीबीच वार्ता हुन नसकिरहेका बेला नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले अभिषेकराज सिंह लगायतसँग अनौपचारिक सम्वाद गरेका हुन् ।श्रेष्ठले जुम्लामा आईसीयू नरहेको भन्दै डा. केसीलाई तत्काल काठमाडौं ल्याउनुपर्ने बताएका छन् ।

तर, डा. केसीका समर्थकहरुले भने त्यसका लागि सरकारले वातावरण बनाइदिनु पर्ने बताएका छन् । स्रोतका अनुसार सरकारले आइतबार नै वार्ता टोली गठन गरेर डा. केसीलाई काठमाडौं आउन आहृवान गर्ने सम्भावना छ ।जुम्लामा १६ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य दिनप्रतिदिन कमजोर बन्दै गएको छ ।

डा. केसीको स्वास्थ्य गम्भीर भए बल प्रयोग गरेर भएपनि काठमाडौं ल्याएर उपचार गर्ने सरकारको तयारी छ । तर, वार्ताको वातावरण बनाउन सके सहजै काठमाडौं ल्याउन सकिने भएकाले पहल थालेको नेकपाका एक नेताले बताए ।

मुद्दामा आ-आफ्नो अडान कायमै

नेकपाका नेता र डा. केसीका समर्थकहरुबीच अनौपचारिक सम्वाद भएपनि मुख्य मुद्दामा सहमति जुटेको छैन । छलफलहरुमा नेकपाका प्रवक्ता श्रेष्ठले चिकित्सा शिक्षा अध्यादेशको हुबहु हुनै नसक्ने बताएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक सहमति विना चुनावी प्रयोजनका लागि ल्याएको अध्यादेश स्वीकार्य नभएको उनले बताए ।तर, माथेमा कार्यदलको प्रतिवेदनलाई आधार मान्ने गरी छलफल गर्न सकिने बताएको छलफलका एक सहभागीले बताए । डा. केसीले भने माथेमा प्रतिवेदनअनुसार नै अध्यादेश आएकाले हुबहु हुनु पर्ने अडान राख्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.