News Portal

नेपाली अभिनेता-निर्देशक किरण खतिवडा बनाउँदै हिन्दी चलचित्र

‘तुझसा जमि पे काहा’सुटिङको तयारीमा

साउन ५ झापा । नेपालको पहिलो सन्थाली फिल्म ‘बोनोदल’ बनाएर चर्चामा आएका झापाका अभिनेता-निर्देशक किरण खतिवडा यतिवेला बलिउडका मिडियामा छाएका छन् । जसकाे कारण हाे उनी यतिबेला हिन्दी चलचित्र ‘तुझसा जमि पे काहा’को सुटिङको तयारीमा छन् । उनलाई बलिउडले नजिकबाट नियाली राखेको छ । हामीसँगको कुराकानीको क्रममा किरणले स्पष्टसँग भनेका छन् ‘म आजिवन हिन्दी फिल्म बनाउँछु । बलिउडमा म विजनेस गर्न छिरेको हुँ, त्यहाँ कमाएको पैसा नेपाल ल्याउँछु ।’
आप्mनो परिवारलाई प्रेरणाको स्रोत ठान्ने किरणले पहिलो बडिउड फिल्म नेपाल र भारतको नाममा सपथ खाँदै सरस्वती माता, लक्ष्मी माता र विश्वकर्मा बाबालाई साँची राखेर बनाउन लागेको बताए । सुटिङको अन्तिम तयारीमा रहेका उनले भने ‘मैले बलिउडमा पाँचवटा फिल्म बनाउँदै गर्दा बलिउडको बक्स अपिस हल्लाउन सक्छु, किनकी म नेपाली हुँ ।’
चलचित्र इतिहासमा नै पहिलो पटक सन्थाली भाषाको चलचित्र ‘बोनोदल’ बनाएका किरण खतिवडालाई सो चलचित्रको सफलताले ठूलो आत्मविश्वास दिलायो ।
सन्थाली भाषाको राम्रो ज्ञानसमेत नभएको अवस्थामा अत्यन्त्यै मेहनतका साथ बनाइएको सो फिल्म भारतको झारखण्डमा भएको फिल्म फेस्टिबलमा विभिन्न विधामा मनोनयनमा प¥यो । त्यसमध्ये दुइवटा शिर्षकमा अवार्ड जित्न सफल भयो ।
किरणले सन्थाली फिल्मको माध्यमबाट नचम्किएका हिरा खोजे, चम्काए अनि उनि पनि चम्किए । उनी भन्ने गर्छन् ‘त्यहि फिल्मले गर्दा मलाई पाथिभरा माता, लक्ष्मी माता र विश्वकर्मा बाबाले दृढ भएर काम गर्ने शक्ति दिनुभयो ।’
झापा बिर्तामोड नगरपालिका – २ चारपाने निवासी किरण खतिवडाको भारतमा पनि चर्चा हुनथालेको छ ।
हिन्दी चलचित्र ‘तुझसा जमि पे काहा’ बलिउडबाट निर्माण गर्न सम्पूर्ण वैधानिक प्रक्रिया पुरा गरेर नेपाल कै पहिलो हिन्दी फिल्म निर्माताको नाम नेपाली ईतिहासमा राख्ने तरखरमा छन् उनी । चार बर्षको उमेर देखिनै फिल्मी दुनियाँमा जम्ने सपना बुनेका किरणले २ ठूला नाटक, नेपाली चलचित्र जन्मदिन, राजवंशी फिल्ममा मुख्य भूमिकामा अभिनय गरेर अभिनयको अनुभव लिएका छन् ।
साउण्ड मिक्सिङ र एरेन्जिङको काम बाहेक चलचित्रको सबै काम गर्न सक्ने बहुक्षमतावान् किरणले वलिउड छिर्न आफूलाई ग्राहो नभएको बताउँछन् । उनी भन्छन् ‘म भित्रको आत्मविश्वासले बलिउड छिर्न ग्राहो भएन ।’
‘नेपाली युवाले पनि बलिउडमा फिल्म बनाउन सक्छ भनेर दुनियाँलाई प्रमाणित गर्नु भन्दा पनि फिल्म कसरी बनाउनु पर्छ त्यो बलिउडमा प्रमाणित गर्नेछु’ –उनले भने । नेपाली र भारतीय बीचको भावनात्मक एकतालाई बलियो बनाउन आफूले बनाउने फिल्मले सहयोग गर्ने उनले बताएका छन् ।
नेपाल र भारतका विभिन्न स्थानमा सुटिङ गरिने सो फिल्मको भारतको भने सबै राज्यहरुमा सुटिङ गरिने उनले जानकारी दिए । झारखण्ड, पश्चिम बंगाल, सिक्किम, नागाल्याण्ड, मनिपुर, विहार, सिलोङ, पञ्जाव, दिल्ली, मुम्वई लगायतका ठाउँमा सुटिङ हुनेछ । बलिउडको अर्थतन्त्रलाई नै हल्लाउने फिल्म निर्माण गर्ने समना बोकेका किरणले सन् २०१९ को मध्यतिर फिल्म रिलिज गर्ने तयारी भएको बताएका छन् । सो चलचित्रमा ४ बटा गीत रहनेछन् भने ३५ करोडको लगानी अनुमान गरिएको छ ।
फिल्ममा पटकथा-सम्वाद किरण खतिवडा र मनरथ राजवंशीको रहेको छ भने गायकका रुपमा फडिन्द्र ढुंगाना पनि अटाउने छन् ।
इन्डियन मोसन पिक्चर प्रोडुसर्स एसोसिएसनका डाइरेक्टर किरणले ज्यादै ठूलो मेहनतका साथ आफू बलिउड फिल्मको मैदान उत्रन लागेको बताउँदै नेपालको नाम बलिउडको इतिहासमा स्वर्ण अक्षरले लेख्ने गरी काम गर्ने जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.