News Portal

मनराजलाई बचाउन परिवारले गरे सहयोगको अपिल, कृपया सहयोग गरिदिनु होला

झापा,दमक । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका वाड नँ ४ (साबिक सम्दु गा.बि.स वाड नँ ८) सँगपुका एक युवालाई दाँतको क्यान्सर भएपछि उनको उपचारको निम्ति परिवारले आर्थिक सहयोगको याचना गरेका छन् ।

नरबहादुर लिम्बू र पदमायाको कन्छा छोरा २२ बर्षिय मनराज लिम्बूको दाँत उखेले पछि क्यान्सरले ग्रसित भएका हुन् । किराले खाएको सामान्य दाँत तेह्रथुम म्याङ्लुङ स्थित एक डेन्टल क्लिनिकमा उनले गएको बैशाखमा दाँत उखेलेको र पछिल्लो समय उनमा क्यान्सर भएर गाला सुन्निएको र जिवन मरणको सँघारमा पुगेको मनराजका दाई बाल लिम्बुले बताएका छन् ।
उनको हाल नेपाल क्यान्सर अस्पताल ललितपुरमा उपचार भईरहेको छ । उपचारमा धेरै खर्च लाग्ने साथै आफ्नो परिवार सामान्य र आर्थिक अवस्था पनि कमजोर भएको कारण उपचारको लागि आर्थिक याचना गर्नुपरेको लिम्बुले बाताएका छन । उनलाई सहयोग गर्न चाहानेले सिभिल बैंकको खाता नम्बर (02110166848013) मा रकम सँकलन गरी सहयोग गर्न सक्नुहुनेछ । कृपया सहयोग गरिदिनु होला ।

Leave A Reply

Your email address will not be published.