News Portal

के तपाइलाइ थाह छ ? ब्लड क्यान्सरको लक्षणहरु कस्ता हुन्छन्..?

ब्लड क्यान्सरको लक्षणहरु

रगतको कोष अनियन्त्रित रुपमा बढ्दै जानु भनेको ब्लड क्यान्सर हो । यो निकै डरलाग्दो रोग हो । यस रोगको कारण मानिसको ज्यान जाने गर्छ । यस रोगको सुरुवातमै पहिचान गरि समयमा नै उपचार गर्न सकियो भने यो रोग केहि हदसम्म निको हुनसक्छ । त्यसैले यसका लक्षण देखिने बित्तिकै तुरुन्तै जाँच गराई हाल्नुपर्छ ।

यस रोगका लक्षणहरु यस्ता छन् :

१) थकान र कमजोरी महसुस हुन्छ ।

२)जोर्नी र जोर्नीको आसपास दुख्छ ।

३) मुख, घाँटी, छाला, फोक्सो आदिमा पटक पटक संक्रमण देखिन्छ ।

४) तौल अस्वभाविक रुपमा घट्दै जान्छ ।

५) घाँटीमा एउटा गाँठो देखिन सक्छ ।

६) समय–समयमा ज्वरो आइरहन्छ ।

७) सामान्य चोट लाग्दा पनि बढी रगत आउँछ । नाक, गिजाबाट पनि समय समयमा रगत बग्छ । यस्तै महिनावारीको समयमा महिलाको बढी रगत आउने समस्या हुन्छ ।

८) भोक कम लाग्न सक्छ, थोरै खाएपनि पेट भरिएजस्तो लाग्छ यसरी पेटको समस्या देखिन्छ ।

Leave A Reply

Your email address will not be published.