News Portal

मेहनत गरे माेफसल बाट पनि चल्न सकिन्छः निर्देशक ज्ञानेन्द्र काेइराला

कलाकारिता गर्न हरेक मान्छे राजधानी प्रवेश गर्छन ।कलाकारिता मात्र नभएर हरेक मान्छेकाे केन्द्र बिन्दु राजधानीनै हाे । अनि राजधानीमा निर्माता,निर्देशक कलाकार संग भेटहुने गर्दछ । त्यस्तै पुर्बिनेपालमा बसाेवास गरेर कलाकारितामै लागि पर्ने कलाकार तथा निर्देशक हुन ज्ञानेन्द्र काेइराला उनै निर्देशकसंग खबर आर्टनेपालले गरेकाे केही कुराकानीकाे अंश यहाँ प्रस्तुत गरिएकाे छ ।

खबर आर्टनेपालः मोफसलबाट चलचित्र, टेलिचलचित्र चलाउन कतिको सजिलो छ ?
# चलचित्र बनाउन भन्दा चलाउन अहिलेकाे समयमा गार्हाे छ,त्यस माथि माेफसल बाट चलाउनत झनै गार्‍हो कुरा हाे ।टेलि चलचित्र पनि त्यति सजिलो छैन ,माेफसलमा बसेर राष्ट्रिय बिज्ञापन पाउन गार्‍हो छ, लाेकल बिज्ञापन बाट चलाउनु पर्ने हुन्छ ,जुन बिज्ञापन ले सिरियल धान्न कठिन छ ,तथापि जहाँ ईच्छा त्याहा उपाय भनेझै हामीले बिगत केही बर्ष देखि माेफसलमा पनि लागि परेका छाै ।

खबर आर्टनेपालः अरु राजधानी कला प्रदर्शन गर्न आउछन् तर तपाईं किन आउनु भएन ?
# राजधानी आउदै नआकाे चाहिँ हाेइन म पनि याे क्षेत्रमा राजधानीकै उत्पादन हु ।साँस्कृतिक सस्थान बाट छैठौं समुहकाे अभिनयकाे बिद्यार्थी हु । अहिले कलाकाे दायरा फराकिलो भएर बिश्वब्यापी भईरहेकाे समयमा, सबै राजधानी मुखी भइरहेको अवस्थामा म लगायत केही साथीहरू माेफसल बाटै लागिपरेका छाै हामी यतै बाट संघर्षरत छाै  ।

खबर आर्टनेपालः स्टुडेन्ट सिरियल कसरी निर्माण गर्ने योजना आयो ?
# सन्तान सबैका, चलन चल्ती,टेलि चलचित्र हिमशिखर टेलिभिजनबाट हामीले प्रदर्शन गरे पछी याे मेराे तेस्रो सिररयल हाे ,यसका निर्माता जय नारायण तिम्सिना र लेखक कृष्ण अनमाेल लगायत कलाकारले छैठौं भाग सम्म निर्माण गरिएको थियो म चाहिँ साताै भाग देखि सहभागी भएको हु यस्लाई ५७ भाग सम्म प्रशारण गार्याै ।

खबर आर्टनेपालः कलाकारलाई मोफसलमा बाच्न सकिन्छ त ?
# अलिक गार्है छ तर मेहनतका अगाडि याे गार्‍हो भन्ने शब्द पनि भाग्दाे रहेछ ।

खबर आर्टनेपालः कलाकार बन्न चाहानेलाई के सुझाव दिनुहुन्छ ?
# कुनै पनि क्षेत्रमा रुचीका साथै मेहनत र त्यस क्षेत्र प्रति सीप र ज्ञानकाे आवश्क पर्छ ,त्यसैले कालार बन्न यदि जाे काेहि ईच्छुक हुनुहुन्छ भने ।यस सम्वन्धी राम्रोसँग सिकेर आउनुस ।

फाेटाेफिचरः

 

Leave A Reply

Your email address will not be published.