News Portal

छुटे महरा तर सरकारी वकिल फेरी महराको सफाई विरुद्द सरकार उच्च अदालत जाने (भिडियो सहित)

काठमाडौ । पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाई दिएपछि यो अदालतको फैसलाविरुद्ध सरकारी वकील कार्यालयले उच्च अदालतमा पुनरावेदन गर्ने बताएको छ ।

अदालतको फैसला आएसँगै १४१ दिन कारागारमा बिताएका महरा आजै रिहा भएर खुमलटारस्थित निवास गएका छन् ।

काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश अम्बरराज पौडेलले महरालाई सफाइ दिने फैसला गरे पनि त्यसको पूर्णपाठ तयार भइसकेको छैन ।

फैसलाको पूर्णपाठ तयार भएपछि महराको मुद्दा विरुद्ध पुनरावेन गर्न जिल्ला अदालतले सरकारी वकीलको कार्यालयलाई पुनरावेदन गर्ने म्यादसहितको सूचना पठाउँछ ।

त्यसरी सूचना पाएपछि फैसला अध्ययन गरी पुनरावेदन गर्ने महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले बताए ।

‘फैसलाको पूर्णपाठ आएपछि हामीले प्रस्तुत गरेका प्रमाण र प्रतिवादीलाई सफाइ दिन फैसलामा लिइएका आधारको तुलनात्मक अध्ययन गरी पुनरावेदन गर्नेछौ ’ , उनले भने ।

न्यायाधीश पौडेलले अदालतमा पीडित भनिएकी महिलाले गरेको इन्कारी बयानलाई मुख्य आधार मानेर महरालाई सफाइ दिने फैसला सुनाएका हुन् ।

सरकारी वकीलले भने इजलासले अन्य प्रमाणको उचित मुल्यांकन नगरेको बताइरेहका छन् ।

यस सम्बन्धी भिडियो हेर्न लिङ्कमा जानुहोस् :

https://youtu.be/XJEb-ZC0iGw

Leave A Reply

Your email address will not be published.