News Portal

खेलकुदकर्मी ओमकृष्ण प्रसाईंले बाचन गरे प्रधानमन्त्री ओलीको कविता (भिडियो सहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा लेखेको कविता खेलकुदकर्मी ओमकृष्ण प्रसाईंले वाचन गरेका छन् । प्रधानमन्त्री ओलीले लेखेको अब आँसु खसाउँनु पर्दैन बोलको कविता प्रसाईंले वाचन गरेर भिडियोलाई युट्युव मार्फत सार्वजनिक गरेका हुन् ।

लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय ओमकृष्ण प्रसाईं यसका अतिरिक्त राजनीतिमा पनि सक्रिय छन् भने उनी कथा, कविता, साहित्य र मनोरञ्जन क्षेत्रमा पनि विशेष रुचि राख्ने गर्छन् । कराँतको ब्लाकबेल्ट छैटौं तहका खेलाडी प्रसाईं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बागमती प्रदेश कमिटि सदस्य, काठमाडौं निर्वाचन क्षेत्र नं. २ को ईन्चार्ज रहेका छन् भने युवा तथा खेलकुद विभाग प्रमुख समेत हुन् । त्यसै गरी उनी नेपाल कराँते महासंघको सह महासचिव र गोजिरियो कराँते महासंघको महासचिव रहेका छन् । खेलकुद तथा राजनीतिसँगै सामाजिक कर्ममा समेत आफ्नो छुट्टै परिचय बनाएका ओमकृष्ण प्रसाईं दर्जनौं सामाजिक संघ संस्थाहरुमा आवद्ध छन् ।

कविता वाचनको भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :

 

Leave A Reply

Your email address will not be published.