News Portal

एकै दिनमा १७ जना थपिएपछि ९९ जना पुगे नेपालमा कोरोना संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.