News Portal

४२ प्रकारका उद्योग सञ्चालन गर्ने सरकारको निर्णय

काठमाडौं । चैत्र ११ गतेदेखि जारी लकडाउनका कारण बन्द भएका केही उद्योगहरूलाइ सञ्चालनमा ल्याउने सरकारले निर्णय गरेको छ । खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय सरकारले गरेको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्न दिने निर्णय गरेको हो । उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा सरकारले यस्तो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्ने, मास्क, स्यानिटाइजरको प्रयोग गर्ने जास्ता सुरक्षाका अपानाउनुपर्ने प्रावधान राखिएको छ । सम्बन्धित उद्योगको पत्रको आधारमा उद्योगका गाडीहरु ढुवानीका लागि गुड्दा सुरक्षा निकायले नरोक्ने निर्णय पनि भएको छ ।

श्रमिक र कार्यरत अन्य जनशक्तिहरु अनिवार्य रुपमा कार्यस्थलभित्रै बस्नुपर्ने सरकारका निर्णयमा उल्लेख रहेको उद्योग मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार उनीहरुलाई खानाको व्यवस्था कार्यस्थलभित्रै गरिनुपर्ने तर कार्यस्थलबाट बाहिर जान र कार्यस्थलबाहिर रहेका परिवारका सदस्यलगायत अन्य कुनैपनि व्यक्तिहरुसाग सम्पर्कमा आउनदिन नहुने नियम बनाइएको छ ।

यस्ता उद्योगहरु सञ्चालन हुनेछन् :

 

Leave A Reply

Your email address will not be published.