News Portal

काठमाडौँ छिर्न खोज्ने १०३ सवारीसाधन फर्काइए

काठमाडौं । काठमाडौँ उपत्यका भित्रिन खोज्ने अत्यावश्यकबाहेकका १ सय ३ वटा सवारी साधन फर्काइएका छन् ।

नेपालमा लकडाउन भइरहेका बेला विभिन्न बहानामा काठमाडौँ भित्रिनेको संख्या बढीरहेको छ ।

काडमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले धादिङको सिमाना खत्रीपौवा पुगेर काठमाडौँ भित्रिन खोज्ने सवारी साधनको बारेमा जानकारी लिएकी थिइन् ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले उपप्रमुख खड्गीलाई सोमबार ३७ सवारीलाई र मङ्गलबार १०३ सवारीसाधन फर्काइएको जानकारी दिए ।

श्रेष्ठले अत्यावश्यक साधानबाहेक अन्यलाई रोक्न थालिएको बताए । वृत्त प्रमुख श्रेष्ठका अनुसार अहिले नागढुङ्गा नाकाबाट दैनिक औषतमा ५०० सवारी साधन भित्रिने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.