News Portal

‘मदन भण्डारीको हत्याबाट विद्यादेवी र केपी ओली’ लाइ सबैभन्दा फाइदा

मदन ढुङ्गाना
काठमाडौँ। जेठ ३ गते । २०५० साल आजकै दिन तत्कालीन समयका लोकप्रिय वामपन्थी नेता मदन भण्डारीको जीप दुर्घटनामा मृत्यु भएको दिन । चितवनको दासढुङ्गा भन्ने स्थानमा भएको जीप दुर्घटनामा चालक अमर लामा बाँचेका थिए भने मदन भण्डारी र जीवराज आश्रितले ज्यान गुमाएका थिए।

जीप दुर्घटना रहस्यमय भएको भन्दै तत्कालीन समयमा पनि छुट्टाछुट्टै ४ वटा छानबिन समितिहरु गठन भए । तर पनि मदन भण्डारीको दुर्घटना सामान्य दुर्घटना थियो या योजनाबद्ध हत्या थियो भनेर छुट्याउने आधार भने कसैले पेश गर्न सकेनन् । सरकारी छानबिन समितिले दुर्घटना नै भएको प्रतिवेदन दिँदा तत्कालीन एमालेले त्यसको व्यापक विरोध ग¥यो र आफै छानबिन समिति बनायो ।

मदन भण्डारीपछि दोस्रो वरियतामा रहेका माधवकुमार नेपालले केपी ओलीलाई एक सदस्यीय छानबिन समितिको संयोजक तोकेर छानबिनका लागि पठायो । ओलीले छानबिन पनि गरे, तर प्रतिवेदन सार्वजनिक भने गरेनन्।

उक्त दुर्घटनाका एकमात्रै साक्षी जीप चालक अमर लामालाई दोषी ठहर गर्दै जेलसमेत हालियो। उनी जेलबाट छुटेपछि कीर्तिपुरमा गोली हानी उनको हत्या भयो र दासढुङ्गा दुर्घटनाको च्याप्टर करिब–करिब क्लोज नै गरियो।

यसै सम्बन्धमा मदन भण्डारीको स्मरण र दासढुङ्गा दुर्घटनाको सम्बन्धमा तत्कालीन एमालेका नेताराधाकृष्ण मैनालीकै शब्दमा मदन भण्डारीको जीवनशैली, चिन्तन, दासढुङ्गा दुर्घटनाको कारण र कारक आदि विषयमा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ:

तस्विर: फ्लिकर

याे पनि हेर्नुस्

मदन भण्डारीलाई सुरक्षा खतरा थियो

दासढुङ्गा दुर्घटना मेरो दिमागमा बारबार आइरहने घटना हो । जब–जब देशमा राजनीतिक सङ्कट, राष्ट्रियताको सङ्कट अथवा शासन सत्तामा जाने साथीहरुको वुद्धि र हुटहुटी देख्दा म मदनजीलाई सम्झने गर्छु । र, मदनजीलाई सम्झने बित्तिकै मलाई दासढुङ्गा पनि सम्झना आउँछ ।

दासढुङ्गा दुर्घटनाकै वरिपरी दुई चार महिना यता मैले एकदुई स्थानबाट खासगरी कुटनीतिक क्षेत्रबाट मदनजीको सुरक्षाको विषयलाई लिएर चासो राख्नुपर्छ भन्ने सन्देश र संकेत पाएको थिएँ । मैले यो कुरा मदनजीलाई भनेको पनि हो । काठमाडौँमा एक्लै हिँड्ने वा काठमाडौं बाहिर जाँदा पनि साधारण रुपले हिँड्ने यो परिपाटी छाडौँ भनेर भनेको थिएँ । उहाँ पोखरा जानुभन्दा अगाडि अर्थात् दासढुङ्गाको दुई दिन अगाडि पनि मैले यो कुरा उहाँलाई भनेको थिएँ । दुई चार जना साथीहरु पनि लिएर जानुहोस् । साथीहरु आफ्नै खर्चमा पनि सहभागी हुन्छन् । यसले तपाईंलाई साथी र सुरक्षा दुवै हुन्छ भनेर मैले भनेको थिएँ ।

पार्टीको कार्यालय बागबजारमा थियो र उहाँ भाटभटेनी नजिकै बस्नुहुन्थ्यो । कहिलेकाहीँ त उहाँ हिँडेर नै डेरामा समेत जाने गर्नुहुन्थ्यो । उहाँलाई सुरक्षा खतरा त थियो नै तर पनि सुरक्षाका सम्बन्धमा उहाँले लापरवाही भने गर्नुभएकै हो । किनभने उहाँको संस्कार नै सामान्य जीवनयापन गर्ने र रजगज नदेखाउने प्रकृतिको थियो । कम्युनिष्ट नेता भएको कारणले सामान्य व्यवहारमा जाने र रजगज नदेखाउने उहाँको जुन संस्कार हो, एउटा कम्युनिष्ट नेताको रुपमा त त्यो एकदमै उचित संस्कार थियो, तर त्यो संस्कारले उहाँलाई सुरक्षित हुन दिएन । सुरक्षाका सवालमा उहाँ अलि बढी गम्भीर हुनुपथ्र्यो तर उहाँ गम्भीर हुनुभएन र उनको हत्या भयो ।

तर मैले त्यसोभन्दा उहाँले बढो नमीठोरुपमा दुत्कार्नु हुन्थ्यो । वास्तवमा कम्युनिष्ट नेताले भीडभाड, भड्काउ गरेर, लावालस्कर लगाएर सवारी चलाएर हिँड्नुहुँदैन, यो कम्युनिष्ट आचरण होइन भनेर भन्नुहुन्थ्यो । सामान्यरुपले जाने, सामान्यरुपले नै कार्यक्रम सक्ने र हिँड्ने हो भन्नुहुन्थ्यो उहाँ । सुरक्षाको चिन्ता गरेर हुँदैन भन्नुहुन्थ्यो । सुरक्षाका सम्बन्धमा सजग हुन मैले धेरैपटक भने, तर उहाँले मेरो कुरा खारेज गरिरहनुभयो र मान्नुभएन ।

मैले पहिले पनि कुरा गर्दा कम्युनिष्ट नेताले हाइफाई गर्ने, शान देखाउने, बुर्जुवा नेताको जस्तो अगाडि–पछाडि गाडीको लावालस्कर लगाएर हिँड्ने जस्ता कुराको उहाँ बिरोध गर्नुहुन्थ्यो । सामान्य लुगा लगाउने, सामान्य खाना खाने, सामान्य कोठामा बस्ने र सामान्य साइकल चढेर हिँड्ने उहाँको बानी थियो । अलि भीड भएको समयमा मात्रै उहाँ त्यो गाडी प्रयोग गर्नुहुन्थ्यो । त्यो पार्टीको त्यो गाडी पनि उहाँ साथीहरुलाई पार्टी कार्यालयबाट घर पुर्याउन मात्रै प्रयोग गर्नुहुन्थ्यो ।

पार्टीको कार्यालय बागबजारमा थियो र उहाँ भाटभटेनी नजिकै बस्नुहुन्थ्यो । कहिलेकाहीँ त उहाँ हिँडेर नै डेरामा समेत जाने गर्नुहुन्थ्यो । उहाँलाई सुरक्षा खतरा त थियो नै तर पनि सुरक्षाका सम्बन्धमा उहाँले लापरवाही भने गर्नुभएकै हो । किनभने उहाँको संस्कार नै सामान्य जीवनयापन गर्ने र रजगज नदेखाउने प्रकृतिको थियो । कम्युनिष्ट नेता भएको कारणले सामान्य व्यवहारमा जाने र रजगज नदेखाउने उहाँको जुन संस्कार हो, एउटा कम्युनिष्ट नेताको रुपमा त त्यो एकदमै उचित संस्कार थियो, तर त्यो संस्कारले उहाँलाई सुरक्षित हुन दिएन । सुरक्षाका सवालमा उहाँ अलि बढी गम्भीर हुनुपथ्र्यो तर उहाँ गम्भीर हुनुभएन र उनको हत्या भयो ।

मलाई याद छ, उहाँ काठमाडौंबाट एक महिने कार्यक्रम लिएर विभिन्न जिल्ला जाने तयारीमा हुनुहुन्थ्यो । त्यसैका क्रममा दुई दिन पोखरामा रहनुभएको थियो । मदन जीसँग त्यो कार्यक्रममा जाने व्यक्ति पहिले अर्कै व्यक्ति रहने कुरा थियो । तर जीवराज आश्रीतजीले अलि जोडबल गर्नुभएको कारण मदनजीले उहाँलाई लिएर जानुभएको हो । खासमा जीवराजजीले चुनाव हार्नुभएको थियो, यद्यपि उहाँ माथिल्लो सदनमा जाने तयारीमै हुनुहुन्थ्यो । त्यसैका लागि मदनजीलाई कन्भिन्स गर्न सकिन्छ कि भन्ने मनसायले उहाँ पनि मदनजीसँगै जानुभएको थियो । यद्यपि मदनजी भने जीवराजलाई नभएर मोहनचन्द्र अधिकारीलाई माथिल्लो सदनमा लैजाने सोचमा हुनुहुन्थ्यो । तर मदनजीलाई कन्भिन्स गर्न सकिन्छ कि भन्ने सोचेर आश्रितजी मदनजी सँगै जानुभएको हो भन्ने मलाई आभास हुन्छ । उहाँहरु सँगै त जानुभयो, तर सुरक्षाका सम्बन्धमा उहाँहरुले ध्यान दिनुभएन र त्यो दुर्घटना भयो।

अहिले यत्रो चर्चा भएको छ, कालापानी वा लिपुलेकको सम्बन्धमा । जब ब्रिटिससँग सुगौली सन्धी भयो, १८१६ मा । जहाँ काली नदिलाई सिमा नदी भनेर मानिएको थियो, तर त्यहाँ स्तम्भ गाडिएन र अहिलेसम्म पनि स्तम्भ गाडिएको छैन । महाकाली सन्धीका बेलामा पहिले सीमा निश्चित गरेर स्तम्भ गाडेर कुन क्षेत्रबाट बढी पानी आउँछ, त्यही क्षेत्रका मानिसको हक बढी हुने भन्ने सम्बन्धमा कुरा उठेको थियो । तर मदनजी नहुनुभएको बेलामा माधवजी र ओलीजीले त्यो कुरालाई लिँदै लिनुभएन । यदि मदन थिए भने महाकाली सम्झौता पनि यसरी हुने थिएन भन्ने कुरा बारबार आउने गर्दछ ।

टनकपुर सम्झौताको विरोध गरेपछि तारो बने

मदनजीले टनकपुर सम्झौताको व्यापक बिरोध गर्नुभएको थियो । गिरिजाबाबुले टनकपुर सम्झौता गरेलगत्तै तत्कालीन एमालेले त्यसको धेरै विरोध गर्यो र काँग्रेसभित्रै पनि त्यसको विरोध भइरहेको थियो । महाकालीको पानी र बिजुलीको भाग हामीले पाउँदै नपाइ सामान्य हिसाबले नै समझदारी हुने काम गलत भयो, यसले देशको हित गर्दैन भनेर उहाँले आन्दोलन नै सुरु गर्नुभयो । उहाँकै नेतृत्वमा भएको आन्दोलनमा हामी सबै लाग्यौँ । यदि मदनजी भएको भए पछि माहाकाली, पञ्चेश्वर लगायतका सन्धी जसरी भयो त्यसरी नै हुन्थ्यो भन्ने मलाई लाग्दैन।

 

मदन भण्डारी थिए भने महाकालीमा सीमा स्तम्भ हुन्थ्यो

अहिले यत्रो चर्चा भएको छ, कालापानी वा लिपुलेकको सम्बन्धमा । जब ब्रिटिससँग सुगौली सन्धी भयो, १८१६ मा । जहाँ काली नदिलाई सिमा नदी भनेर मानिएको थियो, तर त्यहाँ स्तम्भ गाडिएन र अहिलेसम्म पनि स्तम्भ गाडिएको छैन । महाकाली सन्धीका बेलामा पहिले सीमा निश्चित गरेर स्तम्भ गाडेर कुन क्षेत्रबाट बढी पानी आउँछ, त्यही क्षेत्रका मानिसको हक बढी हुने भन्ने सम्बन्धमा कुरा उठेको थियो । तर मदनजी नहुनुभएको बेलामा माधवजी र ओलीजीले त्यो कुरालाई लिँदै लिनुभएन । यदि मदन थिए भने महाकाली सम्झौता पनि यसरी हुने थिएन भन्ने कुरा बारबार आउने गर्दछ ।

मदनको सोच राष्ट्रिय हितमा केन्द्रीत

उहाँ कम्युनिष्ट पार्टीको नेता त हुँदै हो, तर उहाँको चिन्तन सिद्धान्त भन्दा पनि राष्ट्रलाई माथि राख्ने प्रकृतिको थियो । राष्ट्रलाई माथि उठाउने ठाउँमा माक्र्सवादको प्रयोग गर्नुपर्छ भन्ने उहाँको मान्यता थियो । देशलाई स्वाधीन र आर्थिकरुपले समुन्नत राष्ट्र बनाउनुपर्छ भन्ने उहाँको आकांक्षा थियो । उहाँ पार्टी र संसदको नेता भइकन पनि आर्थिकरुपले जीवनमा प्रभाव पार्नुपर्छ भन्ने सोच उहाँमा थिएन । राजनीतिक प्रभावले व्यक्तिगत फाइदा लिनु हुँदैन भन्ने सोच र आदर्श उहाँमा थियो । तर अहिले त्यो खालको नेता मैले देखेकै छैन ।

अरुको कुरा ध्यानपूर्वक सुन्नुहुन्थ्यो

उहाँको अर्को सकारात्मक पक्ष के हो भने बैठकमा पनि उहाँ आफ्नो कुरा राखिसकेपछि अरुको कुरा पनि बढो ध्यानपूर्वक सुन्नुहुन्थ्यो । बैठकमा आफ्नै जति आलोचना आएपनि उहाँ गम्भीरतापूर्वक सुन्नुहुन्थ्यो । सुनिसकेपछि पछि त्यसको स्पष्टीकरण दिने वा जवाफ दिने क्रममा पनि यदि आफूले भन्दा फरक कुरा कसैले गरेमा पनि यदि त्यो उहाँलाई सही लाग्यो भने उहाँ त्यो कुरालाई सही भन्ने र अनुसरण गर्ने काम गर्नुहुन्थ्यो । उहाँ १ सय ८० डिग्रीमा फर्किएर पनि निर्णय गर्न सक्ने क्षमता र धैर्यता भएको व्यक्ति हो ।

एकपटक कुनै एउटा विषय थियो, त्यो विषयमा एमालेको फरक मत थियो । तर जब उहाँ काँग्रेसका नेताहरुलाई भेटेर आउनुभयो, त्यसपछि आफ्नो बुझाई गलत रहेछ भन्दै काँग्रेसकै एजेण्डामा सहमत हुँदै वैठकमै त्यो कुरा राख्नुभयो । त्यसकारण उहाँको राम्रो पक्ष भनेको के हो भने आफू बिरोधी पक्ष भएपनि यदि कुरो सही छ वा उहाँलाई सही लाग्यो भने त्यसलाई समर्थन र अनुसरण गर्ने बानी थियो । तर तत्कालीन समयमा कुनै एमाले नेताको पनि त्यो क्षमता र धैर्यता थिएन । माधवजीमा त्यो क्षमता छैन, केपीमा त अलिकति पनि छैन र सिपीमा पनि त्यो क्षमता थिएन र छैन । उहाँको अर्को राम्रो बानी के थियो भने कुनै कुरामा विवाद भयो भने त्यो विवाद स्थगित गरेर वा त्यो एजेण्डा नै स्थगित गरेर फेरि हार्दिकता र मित्रता कायम गर्न सक्ने व्यक्ति हो उहाँ ।

मलाई यहाँका केही राजनीतिक दलका नेताहरु, साना दलका नेताहरु र मुख्यत केही कुटनीतिक नियोगका प्रमुखहरुले मदनको ज्यानलाई खतरा भएको कुरा बताएका थिए । नाम त बिर्सिएँ, तर मलाई उत्तर कोरियाका राजदूतले दुई तीन पटक नै मदनको सुरक्षामा ध्यान दिनुहोस् भनेर भनेका थिए । मैले यो सूचना कहाँबाट आयो भनेर त उहाँलाई सोधिनँ, तर उहाँले पटकपटक यो कुरा मलाई सम्झाउनु भएको थियो ।

एक राष्ट्रवादी नेता

उहाँका सबै विचार, राष्ट्रिय चिन्तन र राष्ट्रवादी सोच नेपालका लागि अति आवश्यक र जरुरी थियो, त्यही राष्ट्रिय चिन्तन र राष्ट्रवादी सोचका कारण त उहाँ दासढुङ्गामा पर्नुभयो । अनि देशले यो दुर्गती भोग्नु परिरहेको छ । मलाई अहिले पनि के लागिरहेको र खड्किरहेको छ भने यदि मदनजीको उपस्थिति हुन्थ्यो भने देशले पूरै कोल्टे फेर्न सक्थ्यो।

हुन त देशै उल्टन सक्थ्यो, कायापलट हुन सक्थ्यो भन्ने कुरा धेरैले मान्दैनन्, तर एउटा व्यक्तिको भूमिकाले नै देशलाई साह्रै राम्रो स्थानमा पुराउन सक्छ र त्यो सम्भावना थियो भन्ने कुरा मदनजीको चिन्ता र चिन्तनबाट मैले त्यो सम्भावना देखेको थिएँ । किनभने उहाँ भइरहेको भए उहाँको अभियानले अरु थुप्रै अभियन्ताहरु जन्माउन सक्ने अवस्था थियो । तर राम्रो नेता नहुँदा अभियान पनि गलत ठाउँमा जाने रहेछ र गलत दिशाले देश, जनता र राष्ट्रिय छविलाई नै गलत स्थानमा पुर्याउने रहेछ भन्ने कुरा मैले अहिले अनुभव गरिरहेको छु । उहाँ नभएको खड्को मलाई अहिले पनि खड्किरहेको छ ।

अहिलेका नेकपाका नेताहरु सत्ता केन्द्रीत

विचारिकरुपले मदनजीले जुन पार्टी बनाउनुभयो, अहिलेका नेताहरु त्यो स्थानमा छँदै छैनन् । उहाँजस्तो राष्ट्रवादी नेता अहिले कहाँ पाउनु रु अहिले त कसरी सत्तामा टिक्ने भन्ने सोच भएका नेताहरुले नेकपा कब्जा गरेका छन्, अनि कसरी उहाँको अभियानले सार्थकता पाउँला रु

बाहिरी हिसाबले हेर्दा उहाँको उत्तराधिकारी पार्टी त अहिलेको नेकपा नै हो, तर राजनीतिक हिसाब र चिन्तनको हिसाबले भन्ने हो भने मदनको पार्टीको नेतृत्व अहिलेको नेकपाले गर्दैन । त्यसकारण मदनको नीति र विचार अनुसरण नगरेकै कारण देशले यो दुर्गति भोग्नुपरेको छ र यिनै कुराहरुलाई लिएर म मदनलाई स्मरण गर्छु ।

उत्तर कोरियाली राजदूतले दिएका थिए सुरक्षा खतराको सूचना

मलाई यहाँका केही राजनीतिक दलका नेताहरु, साना दलका नेताहरु र मुख्यत केही कुटनीतिक नियोगका प्रमुखहरुले मदनको ज्यानलाई खतरा भएको कुरा बताएका थिए । नाम त बिर्सिएँ, तर मलाई उत्तर कोरियाका राजदूतले दुई तीन पटक नै मदनको सुरक्षामा ध्यान दिनुहोस् भनेर भनेका थिए । मैले यो सूचना कहाँबाट आयो भनेर त उहाँलाई सोधिनँ, तर उहाँले पटकपटक यो कुरा मलाई सम्झाउनु भएको थियो । दासढुङ्गा दुर्घटना हुनुहुन्दा तीन चार महिना अगाडिदेखि ती राजदूतले मलाई पटकपटक यो कुरा भनेका थिए । मैले पनि मदनजीलाई सुरक्षा चिन्ताको कुरा गर्थँे, तर उहाँ कम्युनिष्ट पार्टीको नेताले लावालस्कर सुरक्षा लिएर हिँड्न हुँदैन भन्ने सोचमा हुनुहुन्थ्यो र मान्नुभएन । अनि ज–जसले जे–जे आशंका गरेका थिए, त्यही आशंका नै नियतिमा परिणत भयो र देशलाई ठूलो नोक्सानी भयो ।

हाम्रो देशको इतिहासमा राष्ट्रवादी छविका नेताहरुले आकार लिएर अगाडि जान पाएका छैनन् । उनीहरु विभिन्न विदेशी गतिविधिको शिकार हुँदै आएका छन् । मदनको पनि नियति त्यही नै हो । मलाई लाग्छ उहाँको राष्ट्रवादी छविले देशभित्र र बाहिर सबैतिर आतंकित भए । तर मलाई के लाग्छ भने देशभित्रका भन्दा पनि देश बाहिरका मानिसहरु बढी आतंकित भए भन्ने लाग्छ ।

विदेशी तत्त्वबाट नै बढी खतरा थियो मदनमाथि

म यसै त भन्न सक्दिनँ । तर देशभित्र र देशबाहिर दुबै तिरको गठजोडबाट यो दुर्घटना गराइयो भन्ने मलाई लाग्छ । किनभने उहाँको दुर्घटना वा हत्या राष्ट्रवादी आन्दोलनसँग जोडिएको छ । हेर्नुभयो भने टंकप्रसाद आचार्य राजा मान्दा मान्दै पनि देशको हित चाहने नेता थिए । तर उनी कम्युनिष्ट नभएकै कारण काण्डमा पर्नुपरेन र राजनीतिक जरो हटाएर निस्क्रिय हुने स्थानमा पुराइए । त्यसो त विपि पनि देशको राष्ट्रवादी नेता हुन् । राष्ट्रवादी भएको तर कम्युनिष्ट नभएको कारणले नै विपी सत्ताबाट फुत्किए पनि दुर्घटनामै परेर ज्यान नै जाने ठाउँमा चाहिँ पुग्नुभएन ।

राष्ट्रवादी नेता अगाडि जान सकेका छैनन्

हाम्रो देशको इतिहासमा राष्ट्रवादी छविका नेताहरुले आकार लिएर अगाडि जान पाएका छैनन् । उनीहरु विभिन्न विदेशी गतिविधिको शिकार हुँदै आएका छन् । मदनको पनि नियति त्यही नै हो । मलाई लाग्छ उहाँको राष्ट्रवादी छविले देशभित्र र बाहिर सबैतिर आतंकित भए । तर मलाई के लाग्छ भने देशभित्रका भन्दा पनि देश बाहिरका मानिसहरु बढी आतंकित भए भन्ने लाग्छ ।

किनभने सुरुमा राजा वीरेन्द्रलाई भेट्न उहाँले चासो नै राख्नुभएन । दरवार तिरबाट निकै चासो राखेपछि उहाँ एकपटक भेट्न जानुभयो र करिब २ घण्टा भेटेर आउनुभयो । पहिले गणतन्त्रको कुरा गर्नुहुने भण्डारीले त्यो भेटपछि बाहिर आएर के भन्नुभयो भने राजा यो देश र जनताको हितमा रहनुभयो भने राजा रहन्छन्, होइन भने जनता आफैले राजा फाल्नेछन् । उनले राजाको बारेमा अहिले नै त्यति धेरै चिन्तित भएर जाइ लागि हाल्नुपर्ने स्थिति होइन, राजालाई संविधानकै दायराभित्र राख्नुपर्छ भनेर प्रष्ट रुपमा भन्नुभयो । र, २०४७ सालको संविधानमा पनि त्यही भएर संवैधानिक राजतन्त्रको कुरा गरिएको थियो । त्यसपछि गणतन्त्रको मुद्दा केही ओझेल हुँदै आएको थियो ।

मदनजीको दुर्घटनामा मृत्यु भएपछि माधवजी पावरमा आउनुभयो । माधवजी कै हाली मुहालीमा उनले केपी ओलीलाई एक सदस्यीय छानबिन समितिको जिम्मा दिनुभयो । एक सदस्यीय किन बनाइयो त्यो पनि स्पष्ट खुलाइएन । मलाई लाग्छ माधवजीकै एकल निर्णयले एक सदस्यीय समिति बनाइयो ।

विदेशी सहयोग लिएर आन्दोलन गर्नुहुन्न भन्थे मदन

२०४६ सालको आन्दोलन सुरु भएपछि पाटनमा तत्कालीन मालेको भूमिगत भेला भएको थियो । त्यतिबेला केही नेताहरुले भारतको सहयोग ल्याएर गणतन्त्र स्थापना गर्ने कुरा गरेका थिए । तर मदनले अहिले भारत वा चीनको सहयोग लिएर गणतन्त्र ल्याउने कुरा गर्नुहुँदैन, त्यो हामी आफैलाई घातक हुन्छ भन्दै त्यसको विपक्षमा बोलेका थिए । त्यसकारण उहाँको राष्ट्रिय सोचको बिरोधी शक्तिहरु उहाँको विरुद्धमा लागे र उनीहरु लागेकै कारणले दासढुङ्गा दुर्घटना घट्यो भन्ने मलाई लाग्छ ।

दासढुङ्गा दुर्घटना नभएर योजनाबद्ध हत्या

दासढुङ्गा दुर्घटना नभएर योजनावद्ध गतिविधि नै हो । योजनाबद्ध नै हो भन्ने त अहिलेको विकसित घटनाक्रमले पनि पुष्टी गर्छ । यदि त्यो योजनाबद्ध थिएन भने दुर्घटनापछि जेल बसेर निस्किसकेका अमर लामालाई पछि किन मारियो । उनी मारिनु पर्ने अरु कुनै कारण त थिएन । प्रमाण भने त्यही एकजना अमर लामा थिए, उनलाई पनि मारिसकेपछि त सबै कुरा सकियो नि । त्यसकारण यी तमाम सत्यहरुले मदन भण्डारीको दुर्घटना वास्तवमा दुर्घटना नभएर योजनाबद्ध हत्या थियो भन्ने मेरो बुझाइ हो । नत्र घटनाको १० वर्षपछि जेलबाट निस्किएका चालकलाई किन मारियो त रु

एमालेकै आन्तरिक छानबिनबारे

त्यतिबेला मदनजीको दुर्घटनामा मृत्यु भएपछि माधवजी पावरमा आउनुभयो । माधवजी कै हाली मुहालीमा उनले केपी ओलीलाई एक सदस्यीय छानबिन समितिको जिम्मा दिनुभयो । एक सदस्यीय किन बनाइयो त्यो पनि स्पष्ट खुलाइएन । मलाई लाग्छ माधवजीकै एकल निर्णयले एक सदस्यीय समिति बनाइयो ।

ओलीजीले कसरत नै नगरेको त मलाई पनि लाग्दैन । उहाँले कसरत त गर्नुभएकै हो । उहाँ ८–१० दिन व्यस्त भएर विभिन्न व्यक्तिहरुसँग कुराकानी गर्दै हिँड्नुभयो । तर त्यो घटनाको टेक्निकल र पोलिटिकल कुराको कन्सेप्ट बनाउने कुरामा पुगिसकेपछि उहाँले रिपोर्ट नै बुझाउनु भएन । पद्मरत्न तुलाधरको नागरिक समाजको प्रतिवेदन, तत्कालीन सरकारी समतिकिो प्रतिवेदन, तत्कालीन न्यायाधीशको प्रतिवेदन सबै आएपछि ओलीजीले रिपोर्ट नै बुझाउनु भएन ।

मलाई के लाग्छ भने उहाँले छानबिन गरिसकेपछि जे बुझ्नुभयो उहाँले रिपोर्ट बुझाउनु भन्दा नबुझाउनुमै फाइदा देख्नुभयो। किनभने उहाँ सुरुदेखि नै राष्ट्रवादी मान्छे त होइन, यो धेरै खोतल्यो भने यो खतरा म माथि नै आइपर्छ भन्ने बुझ्नुभयो होला, त्यसकारण उहाँले त्यो रिपोर्ट नै दिनुभएन । आज दिन्छु भन्नुभयो, भोलि दिन्छु भन्नुभयो तर कहिल्यै दिनुभएन । पछि आन्दोलन भयो के के भयो र त्यो आयोग नै खारेज जस्तै भयो ।

मलाई के लाग्छ भने उहाँले के देख्नुभयो भने अब मदन त हुनुहुन्न, पार्टीमा कसरी अगाडि आउने र फाइदा लिने भन्दै उहाँ माहाकाली सन्धीको पक्षमा लबिङ गर्न थाल्नुभयो । त्यसपछि नेता हुने बाटोको पूर्वाधार तयार गर्नतिर थाल्नुभयो । भारतलाई रिझाइएन भने सत्तामा पुग्न सकिँदैन भन्ने बुझेर सबैतिर घाटा हुँदा पनि जस्ताको तस्तै माहाकाली सन्धी गर्न तयार हुनुभयो । भारतलाई रिझाउँदा मात्रै नेता बन्न सकिन्छ भन्ने बुझेपछि उहाँ त्यतै लाग्नुभयो । नेता बन्नका लागि गुट चाहिने र आर्थिक स्रोत चाहिन्छ र आर्थिक स्रोत यस्तै क्षेत्रहरुबाट आउने भएपछि उहाँ त्यतैतिर लाग्नुभयो । अनि दासढुङ्गाको प्रतिफल नेता हुने बाटोतिर अग्रसर हुनुभयो भन्ने नै मेरो विश्लेषण हो ।

मलाई त्यो फाइल अब खुल्छ भन्ने लाग्दैन । दासढुङ्गाको मुद्दा लिएर नै अहिले धेरैले फाइदा लिइरहेका छन् । विद्यादेवी भण्डारी पार्टीको उपाध्यक्ष हुँदै अहिले राष्ट्रपति नै हुनुभएको छ । छानबिन समितिका संयोजक केपी ओली नै अहिले प्रधानमन्त्री हुनुभएको छ । यति शक्तिमा हुँदा पनि गर्न नसक्ने काम अरु कसैले गर्न सक्दैन । मदन भण्डारीको हत्याबाट कसैले सबैभन्दा बढी फाइदा लिएको छ भने त्यो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली नै हन् ।

जसले मदन भण्डारी हत्याको षडयन्त्र रचे, उनैले लामाको हत्या गरे

अमर लामा जेलबाट छुटेर आए । त्यसपछि उनलाई कीर्तिपुरमा गोली हानेर मारियो । तत्कालीन समयमा उनलाई माओवादीले गोली हानेर मारियो भनियो । तर मलाई जसले मदन भण्डारीको हत्याको षडयन्त्र बनाए, त्यही समूहले नै लामाको हत्या ग(यो भन्ने लाग्छ । किनभने माओवादीले हत्या गरेको अवस्थामा ढिलो वा चाँडो स्वीकार गरेको देखिन्छ । तर यो घटनामा माओवादीले स्वीकार गरेको छै । त्यसकारण मलाई के लाग्छ भने जुन समूहले मदनको हत्या गराएको थियो, त्यही समूहले नै लामाको हत्या गरायो र सबै प्रमाण नष्ट ग¥यो। बाहिर देखाउन माओवादीले हत्या गरियो भनेपनि खासमा दासढुङ्गा दुर्घटनाको षडयन्त्र जसले रच्यो, उसैले अमर लामाको पनि हत्या गरायो भन्ने लाग्छ।

अमर लामाको हत्या दासढुङ्गा दुर्घटनासँग प्रत्यक्ष सम्बन्ध

माओवादीको केन्द्रीय नीति लामाको हत्या गर्ने थिएन भन्ने मलाई लाग्छ। तर स्थानीय स्तरका कार्यकर्ताले मारेको भए थाहा भएन।

कतिपयले मदन भण्डारीको हत्यामा राजदरवारको हात थियो पनि भन्छन् तर मलाई चाहिँ त्यस्तो लाग्दैन। किनभने राजाको सम्बन्धमा उहाँ सफ्ट भइसक्नुभएको थियो। त्यसकारण राजदरवारबाटै षडयन्त्र भयो भन्ने मलाई लाग्दैन। त्यतिबेला पनि दरवारतिरै शंका गरेर आन्दोलन पनि नभएको होइन । तर मलाई दरवारको हात थियो भन्ने लाग्दैन।

मदनको दुर्घटनाबाट बढी फाइदा विद्या भण्डारीलाई

मलाई त्यो फाइल अब खुल्छ भन्ने लाग्दैन। दासढुङ्गाको मुद्दा लिएर नै अहिले धेरैले फाइदा लिइरहेका छन्। विद्यादेवी भण्डारी पार्टीको उपाध्यक्ष हुँदै अहिले राष्ट्रपति नै हुनुभएको छ। छानबिन समितिका संयोजक केपी ओली नै अहिले प्रधानमन्त्री हुनुभएको छ। यति शक्तिमा हुँदा पनि गर्न नसक्ने काम अरु कसैले गर्न सक्दैन। मदन भण्डारीको हत्याबाट कसैले सबैभन्दा बढी फाइदा लिएको छ भने त्यो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली नै हुन्।

साभार-रातोपाटी

Leave A Reply

Your email address will not be published.