News Portal

राजन राईको हत्यामा संलग्न तीन जनाले गरे प्रहरी समक्ष आत्मसर्मपण: तरहरा ग्याङ फाइट प्रकरण

जेठ २० इटहरी। लामो समय देखि झै झगडा मुक्त इटहरी २० तरहरामा पुःन गुण्डागर्दी मौल्याएको स्थानीहरुले बताएका छन । हिजो भएको छुरा प्रहारबाट मृत्यु गुण्डागर्दीकै उपज भएको स्थानीयहरु बताउँछन । इटहरी २० तरहराका राजन राईको मुत्यु आफ्नै साथीहरुले गाजा खाएको बेला छुरा प्रहार गरि हत्या गरेका हुन ।

तरहरा प्रहरी चौकीको समेत गम्भिर लापरवाहीका कारण भएको स्थानीयहरुले आरोप लगाएका छन । प्रहरीले साझको समयमा गस्ति समेत नगर्दा साझमा युवाहरुको जमात ग्रुपमा हिड्ने गरेको छ । हो हल्ला गर्दै युवाहरुको जमात बढेको भए पनि तरहरा प्रहरी चौकीले भने रातको समयमा गस्ती नगर्दा गुण्डागर्दी बढेको तरहराबासीले आरोप लगाएका हुन ।

इटहरी २० तरहराका २८ बर्षीय राजन राईको गएराती हत्या भयो । सामान्य बिषयमा झडप हुँदा उनको हत्या भयो ।
अत्यधिक मादक पदार्थ सेवन गरेका राई र स्थानीय केही युवाहरुबीच झडप हुँदा उनको छुरा प्रहार गरी हत्या भएको प्रहरीको निश्कर्ष छ ।

घटनास्थलमा प्रहरीले मुचुल्का उठाइसकेको छ । ईलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर मानप्रसाद श्रेष्ठका अनुसार राजन राईकै घरमा तीनजना बसेर मादक पदार्थ सेवन गरेका थिए ।

घटनाका मुख्य नाईके भनिएका प्रज्वल तामाङ, अभिषेक पौडेल र अभिषेक केसी पहिल्यैदेखि लागूऔषध प्रयोगमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तरहराको एकता मार्गमा बस्दै आएका उनीहरुले नजिकैको खोलाछेउमा बाँसको फलैँचा बनाएर अगाडि देखि नै बस्ने र लागूऔषध प्रयोग गर्ने गरेको प्रहरीको भनाई छ ।

आइतबार रातीको घटनामा राजनको समूह र प्रज्वलको समूहले सँगै मापसे नगरेपनि सामान्य बिषयमै उनको बिभत्स हत्या भयो । घटनामा संलग्न सबैजना अहिले फरार रहेकाले प्रहरीले खोाजी कार्यलाई तीब्रता दिएको इन्सपेक्टर श्रेष्ठले जानकारी दिए ।

राजन राईको हत्यामा संलग्न तीन जनाले गरे प्रहरी समक्ष आत्मसर्मपण

इटहरी तरहराका राजन राईको हत्यामा संलग्न तीन जनाले प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् । इटहरी वडा नं. २० तरहरा स्थित एकता टोलमामा हिजो राती करिब ९ बजेतिर ग्याङ फाइट हुँदा राजन राईकाे मृत्यू भए पश्चात हत्यामा संलग्न प्रज्वल तामाङ, अभिषेक पौडेल र अभिषेक केसीले प्रहरीमा आत्मसर्मपण गरेकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

राजन राई र प्रज्वल तामाङको समूहबीच झडप भएकाे थियाे । राईकाे शरीरभरि छुरा प्रहार भएकाे र उनकाे उपचारकाे क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यू भएकाे थियाे ।

Leave A Reply

Your email address will not be published.