News Portal

अन्तरजातीय चार कलाकार जोडी: जो जात व्यवस्थासँग जुधे

नेपाली समाजले अहिले पनि दलित र गैरदलितको प्रेम र विवाहलाई वर्जि-तजस्तै ठान्छ । जेठ १० गते रुकुम पश्चिम चौरजहारी–८ सोती गाउँमा घटेको घ’टना यसकै पछिल्लो उदाहरण हो । जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका नवराज विक पश्चिम रुकुमकी आफ्नी प्रेमिकालाई लिन पुग्दा जसरी गाउँलेहरूले खेदीखेदी ढुंगामुढा गरेर उनी र उनका साथीहरूको ह/त्या गरे, यस्तो अमानवीय घ/टनाको जति निन्दा र भत्सर्ना गरेपनि पुग्दैन । यही कारण नवराजसहित उनका चार साथीले ज्या’न गुमाइसके, अझै एकजना भेरी नदीमा बेप’त्ता छन् ।

जातकै कारण मान्छेहरू कतिसम्म क्रु’र र हिं-स्रक हुुन सक्छन्, यी घट-नाहरू नै त्यसको साक्षी हुन् । तर, हाम्रो समाज यस्तो जातीय द-मन र अमा-नवीय घ-टनाको मात्रै साक्षी छैन । हामीकहाँ जाताभात र छु-वाछुतको गलत परम्परा तोड्न तयार हुने र सफल हुने सयौँ जोडीहरू पनि छन् । नेपाली कला जगत पनि त्यसको उदाहरण हो ।

२१औं शताब्दी भन्या छ, मानिस सर्वश्रेष्ठ भन्या छ तर मान्छेले मान्छेलाई मान्छेकै ओहोदा दिइरहेको छैन । यसलाई खोइ के भनौँ, भन्नलाई शब्द पनि छैनन् ।

 लक्ष्मी बर्देवा र जीवन भट्टाई

अभिनेत्री लक्ष्मी बर्देवा र अभिनेता जीवन भट्टाईले समाजको नियम मानेको भए पक्कै विवाह गर्ने थिएनन् । उनीहरूको प्रेमअगाडि जात प्रथा कमजोर ठहरियो । ०७४ को फागुनमा हेटौँडाको ब्राम्हण परिवारका भट्टराईले रामेछापकी दलित परिवारकी बर्देवासँग आफ्नो चार वर्षदेखिको प्रेम सम्बन्धलाई बिहेमा परिणत गरे ।

रुकुमको बर्बर घट-नाले अहिले यो जोडी आफूहरू स्त-ब्ध भएको बताउँछ । ‘म त सुत्नै सकिरहेको छैन, घट-ना सम्झिएर निःशब्द छु,’ लक्ष्मीले भनिन्, ‘यो घट-ना देख्दा त जीवनले ठूलै हिम्मत र क्रा-न्ति गरेर मलाई बिहे गरेजस्तो महसुस भइरहेको छ । नत्र यहाँ त दलितले गैरदलितसँग प्रेम गर्दाको परिणाम ह-त्या हुँदो रहेछ । २१औं शताब्दी भन्या छ, मानिस सर्वश्रेष्ठ भन्या छ तर मान्छेले मान्छेलाई मान्छेकै ओहोदा दिइरहेको छैन । यसलाई खोइ के भनौँ, भन्नलाई शब्द पनि छैनन् ।’

धेरैलाई थाहा छैन, लक्ष्मी र जीवनको प्रेमलाई पनि यो समाजको ग-लत परम्पराले रोक्न खोजेकै हो । तर, उनीहरूको साहसका अघि कसैको केही लागेन । जीवनको परिवारमा अझै लक्ष्मीलाई बुहारी स्वीकारिएको अवस्था छैन । तर, दुवै आशावादी सुनिन्छन्– ‘बा–आमा न हो, एक दिन त पक्कै पग्लिनुहुन्छ ।’

यो जोडीको प्रेम मण्डला थिएटरबाट फक्रिएको हो । दुवैले एकअर्कालाई पहिलोपल्ट एन्टेना फाउन्डेसनमा रेडियो नाटक गर्दा देखेका थिए तर उनीहरूबीच अफेयर सुरुवात मण्डला थिएटरबाटै भयो । उनीहरूलाई लाग्छ– मण्डला थिएटर नभएको भए हामी आज एक हुन्थेनौँ । मण्डलामा लक्ष्मी जीवनभन्दा एक वर्ष सिनियर थिइन् । आफ्नो सानैदेखिको अभिनय रहर मेटाउन दुवै यो थिएटरमा आइपुगेका थिए ।

बिहेयता लक्ष्मीमात्रै होइन, जीवन स्वयम् अहिले उनको घर गएका छैनन् । एकपल्ट बिहे दर्ता बनाउन गाउँ गएका थिए तर घर नपुगी फर्के । चाडपर्वमा पनि गाउँ गएनन्, यतै मनाए ।

दुवैले ‘युमा’ र ‘उपियाँको निबन्ध’मा नाटकमा सँगै काम पनि गरे । ‘हामीले कहिल्यै एकअर्कालाई आइ लभ यू त भनेनौँ तर साँझ नाटक सकिएपछि ऊ सधैँ मलाई घर पुऱ्याइदिन्थ्यो,’ लक्ष्मीले सम्झिइन्, ‘त्यसपछि त थाहै नदिई झन्झन नजिक भयौँ, एकअर्काको लत भयौँ । सायद एक हुनु जुऱ्या रहेछ ।’

बर्देवा र भट्टराई दुवैतिरका परिवारलाई मनाएर हासीखुशी बिहे गर्न चाहन्थे । त्यसका लक्ष्मीको परिवार त सहजै मान्यो तर जीवनको परिवारलाई फकाउँदै–फकाउँदै चार वर्ष बित्यो । जति गरेपनि परिवार सहमतिमा नआएपछि एकपल्ट त लक्ष्मी सम्बन्ध तो-ड्ने निर्णयमा पुगेकी थिइन् । तर, जीवनको अथाह प्रेम, अडान र साथले यसो हुन दिएन । अन्ततः जीवनको परिवारले नमाने पनि दुवैले बिहे गरिछाडे । बिहेयता लक्ष्मीमात्रै होइन, जीवन स्वयम् अहिले उनको घर गएका छैनन् । एकपल्ट बिहे दर्ता बनाउन गाउँ गएका थिए तर घर नपुगी फर्के । चाडपर्वमा पनि गाउँ गएनन्, यतै मनाए ।

लक्ष्मी र जीवन दुवैलाई लाग्छ– परिवारले नस्वीकार्नुको खास कारण यो समाज नै हो । ‘उहाँहरू त यही समाजमै बस्नुपर्छ, जहाँ पुरानै मान’सिकताका मान्छे अझै धेरै छन्,’ उनी भन्छिन्, ‘यहाँ त पढेलेखेकै मान्छे जो जातीय वि’भेदविरुद्ध वकालत गर्छ, उसले पनि कम्तीमा आफ्नो छोराले आफ्नै जातको ल्याइदियोस् भन्ने ठान्छ । परिवर्तन हुनुपर्छ भन्ने तर आफैँ परिवर्तन गर्न नचाहने, यो कस्तो ढोँगी चरित्र हो ?’

अहिले रुकुम घट-नामा आइरहेका अनेक कुतर्कहरूले लक्ष्मीलाई दुःखी बनाएको छ । त्यसैले उनी फेसबुकमै कम झुल्किन थालेकी छिन् । ‘घ’टनाले त दुःखी बनाएकै छ तर घ’टनाप्रति मान्छेहरूले प्रस्तुत गरिरहेको घि’नलाग्दो तर्कहरूले झन् दुःखी बनाइरहेको छ,’ उनी भन्छिन्, ‘मान्छेहरू केस डाइभर्ट गर्न उद्दत छन् । अचम्म लाग्छ, यहाँ मान्छेहरू वि’भेद गर्छन् तर स्वीकार्नै चाँहदैनन् । कतिपय त दलित म’र्दा चाहीँ यस्तो हंगामा हुने तर दलितसँग बिहे गर्ने गैरदलित म’र्दाचाँही केही नहुने भन्दै प्रतिक्रिया दिइरहेको पनि देखेँ । यसरी तर्क गर्नेहरूले किन नबुझेको–उनीहरू पनि दलितलाई साथ दिएकै कारण म’र्नुपरेको हो ।’

शिलाबहादुर मोक्तान र कुन्ति मोक्तान । तस्विर : नवराज वाग्ले

एक तथ्यांकअनुसार २०६८ देखि २०७६ सालसम्म अन्तरजातीय विवाह र जातीय वि’भेदका कारण २५ जना दलि-तले ज्या’न गुमा’इसकेका छन् । तथ्यांकमा नआएका र समाचारमा नपुगेका वि’भेदका घ’टना त समाजमा अनगिन्ती छँदैछन् । तर, समाजमा जति क्रु’र विभे’द छ, विद्रो-ह गर्ने र यसलाई तो-ड्न संघर्ष गर्ने चेतनामा पनि भइरहेकै छ । यस्तो रुढीवादी थितिलाई तो ‘ड्दै अघि बढ्ने कलाकार जोडीमध्ये कुन्ती मोक्तान र शिलाबहादुर मोक्तान पनि हुन् । शिलासँग बिहे गुर्नअघि कुन्तीको थर सुन्दास थियो । तर यसैले उनीहरूको सम्बन्धमा फरक पारेन । ०३९ सालमा संगीतमा करिअर बनाउने सपनासहित काठमाडौं आएको यो जोडी यतै बिहेमा बाँधियो । दार्जिलिङमा गुरु जेसे राईंसँग संगीत सिक्ने क्रममा यो जोडी प्रेममा परेको थियो ।

काठमाडौं आएपछि यो जोडीले खुबै मिहिनेत र संघर्ष गऱ्यो। शिलाले संगीत भरे, कुन्तीले गीत गाइन् । दुवैले नाम कमाए, चर्चा कमाए । यतै घर बनाए । सन्तान जन्माए ।

अन्तरजातीय बिहे गरेकै कारण आफुहरूले ठूलो सम’स्याको सामना गर्नु नपरेको बताउँछिन्, कुन्ती । ‘रुकुममा जे भयो त्यो एकदमै नराम्रो भयो । यस्तो हुनै हुँदैन,’ उनले भनिन्, ‘यो घट’नाले स्पष्ट पार्छ, हाम्रो समाज अझै शिक्षित हुन बाँकी रहेछ । आज सम्झँदा खुशी लाग्छ, धन्न हामीलाई त्यस्तो स’मस्या भएन ।’

गायिका शान्तिश्री परियार र नारायण भुजेल । तस्विरः शान्तिश्रीको फेसबुकवाट

‘बोलमाया’, ‘गलबन्दी’लगायत थुप्रै लोकप्रिय गीत गाएकी लोकदोहोरी गायिका शान्तिश्री परियारले पनि आजभन्दा ९ वर्षअघि अन्तरजातीय विवाह गरेकी हुन् । रोल्पाको विकट ठाउँमा जन्मिएकी शान्ति करिब १२ वर्षअघि संगीतमा संघर्ष गर्न काठमाडौं आएकी थिइन् । त्यतिबेला काठमाडौं, थापाथलीस्थित एक रेस्टुरेन्टमा कार्यरत धादिङका नारायण भुजेलसँग उनको माया बस्यो । जतिबेला उनी दोहोरी साँझमा गीत गाउँथिन्, संघर्षको च’रम बिन्दुबाट गुज्रिरहेकी थिइन्, त्यतिबेला भुजेलले उनको खुब साथ दिए, प्रेम दिए ।

‘हामीले सफल वैवाहिक जीवन बिताइरहेका छौं,’ शान्ति खुशी सुनिन्छिन्, ‘हामी एक–अर्कालाई अथाह प्रेम गर्थ्यौ, अहिले पनि गर्छौ र सधैँ गरिरहन्छौँ ।’ जेठ १० गतेको रुकुम घट’ना सुनेर शान्तिको र’गत उ’म्लिएको छ । ‘गैरदलितलाई प्रेम गरेकै कारण आज पनि मान्छे मा’रिनु परेको छ, यो देशमा यो जतिको लज्जा’स्पद कुरा अरु के हुन सक्छ,’ शान्ति आ’क्रोशको भावमा भन्छिन्, ‘घटना सुनेर म एकदमै दुःखी र लज्जित छु । जसले ती नवराज विश्वकर्माहरूको ह-त्या गरे, उनीहरूसँग मानवता अलिकति पनि रहेनछ ।’ शान्तिले थप प्रश्न गरिन्, ‘दलितले माया गऱ्यो भनेर ज्या’नै लिइदिने ? अझै हामी आधुनिक भनिने समाजमै छौँ ?’

शान्तिले नारायणसँग बिहे गरिन्, त्यतिबेला नारायणका बुबाआमा बिति’सकेका थिए । ‘त्यसैले नारायणजीलाई आफ्नो जीवनको निर्णय आफै गर्न सहज भयो । छरछिमेक र आफन्तबाट थोरबहुत जातका कुरा नआएका होइनन्, आए तर ती मान्छेहरू पनि आज मसँग खुशी छन्,’ उनी भन्छिन्, ‘रुकुमको घ’टना सम्झँदा लाग्छ, म त धेरै भाग्यमानी रहेछु । अन्तरजातिय बिहे गरेर पनि संसारको सबैभन्दा खुशी मै रहेछु भन्ने लागिरहेछ ।’

‘सानो जात भएर ठूूलो जातलाई आँट्ने भन्ने इगो हामीकहाँ सबैभन्दा ठूलो सम’स्या हो । रुकुमको घ’टना पनि त्यही मनोविज्ञानको परिणाम देखिन्छ

एउटा दलितले गैरदलितसँग बिहे गर्न पाएकै कारण कहिलेसम्म भाग्यमानी र क्रा’न्तिकारी महसुस गरिरहनुुपर्ने हो, यो प्रश्नले भने शान्तिलाई सधैँ हि’र्काइरहन्छ । ‘त्यतिबेला परिवर्तन नभएका मान्छेहरू आज पनि परिवर्तन हुन सकेका छैनन्,’ उनी चि’न्ता गर्छिन्, ‘मान्छे चाहे अमेरिका या क्यानडामा वर्षौ बसेर आएको किन नहोस्, उसको चेतना र मान’सिकतामा परिवर्तन नभएसम्म केही हुुन्न । यहाँ कोही दलि-त मा’रियो भने मान्छे मा’रिएको ठानिँदैन । अहिले पनि धेरैजनाले एउटा मान्छेलाई मारि’एको भन्ने ठानिरहेका छैनन्, बरु ‘कामीदमाई’लाई मा-रेको भन्ने ठानिरहेका छन् ।’

गायक यशकुमार र रीना शाही ।

गायक यशकुमार हाम्रो समाजमा धनसम्पत्तिभन्दा पनि जात ठूलो पर्खाल बनेर बसिरहेको बताउँछन् । ‘भारत र नेपालबीचको पर्खाल त्यति ठूूलो छैन, जति हाम्रो देशमा जातको पर्खाल छ,’ उनी भन्छन्, ‘सानो जात भएर ठूूलो जातलाई आँट्ने भन्ने इगो हामीकहाँ सबैभन्दा ठूलो सम’स्या हो । रुकुमको घ’टना पनि त्यही मनोविज्ञानको परिणाम देखिन्छ । अचम्म लाग्छ, ती मान-सिक रो-गीहरूसँग, जसले जातीय भेदभाव गरिरहेका छन् । सधैँ सोध्न मन लाग्छ, मृ-त्यु त एकदिन निश्चित छ तैपनि किन हे-प्छौ यसरी ? किन सधैँ दलि-तलाई नो-करकै व्यवहार गर्न चाहन्छौँ ?’

यशले पनि करिब दुुई वर्षको प्रेमपछि रीना शाहीसँग अन्तरजातीय बिहे गरेका हुन् । रीना अहिले सुनचाँदी पसल चलाउँछिन् । यशको सरकारी प्रमाणपत्रको नाम सुरेशकुमार नेपाल परियार हो । तर, दर्शक र श्रोतामाझ उनी यशकुमार नामबाटै परिचित छन् । ‘म आफूलाई मान्छेका रूपमा चिनाउन चाहन्छु त्यसैले नामको पछाडि थर राख्न छाडेको हुँ,’ उनी भन्छन् । यश गीतसंगीतमा दलित चेतना प्रसार गर्ने गायकका रूपमा पनि चिनिन्छन् । उनका प्रायः सिर्जनाहरू छुवाछु-तविरुद्ध छन्, द-लितका पक्षमा छन् । चाहे ती ‘म आफ्नै आँगनमा इनार बनाउँछु’, ‘मैले छो-एको पानी चल्दैन’ आदि गीत हुन् या ‘बाटोमुनिको फूल’ फिल्म ।

एकपल्ट कार्यक्रमका लागि हेटौँडा जाँदा एउटा जोडी मेरो छेउमा आएर मलाई पालैपालो अंकमाल गरेको थियो । भर्खरै बिहे गरेको जोडी थियो । युवतीले मलाई भनेकी थिइन्, ‘तपाईंको फिल्मले एकदमै छोयो

यशको अन्तर्जातीय विवाह भने सहजै भएको थियो । जातकै कारण उनीभन्दा पनि बढी संघर्ष उनका आमा बुबाले गरेका छन् । उनका बुबा ब्राह्मण अर्थात् नेपाल थरका हुन् भने आमा परियार अर्थात् दलित समुदायकी । ‘अहिले त यस्तो अवस्था छ भने त्यतिबेला कति भयावह थियो होला,’ उनी भन्छन्, ‘दलि-तसँग बिहे गरेकै कारण मेरो बुबाले त्यतिबेला जनै फालेर गाउँ (काभ्रे) छाड्नुभएको थियो । त्यहाँबाट उहाँहरू सर्लाही जानुभयो । म त्यहीँ जन्मिएँ । त्यसपछि काठमाडौँ आइयो ।’

यशका अनुसार त्यतिखेर पण्डितले दलितसँग बिहे गऱ्यो भने केटाकै जात तल झारिन्थ्यो । त्यसैले होला, बुबा ब्राहमण भए पनि समाजमा यशको परिचय पनि दलितकै रूपमा छ । उनी स्वयम् भन्छन्, ‘मेरो सिर्जनाले पनि त्यस्तै परिचय दिन्छ ।’ त्यसो त उनलाई नागरिकता बनाउने क्रममा परियार हटाएर नेपाल मात्रै राख्दा छोटो हुने सुझाव दिइएको थियो । तर, उनले मानेनन् । ‘आमासँग नजिक थिएँ त्यसैले लामो हुने भए बरु परियार मात्रै राखौँ भनेको थिएँ । त्यसमा पनि विवा-द भयो । त्यसैले अन्तिममा बुबा र आमा दुवैको थर राखियो,’ यशले भने ।

संगीत क्षेत्रमा आएपछि भने उनले आफूलाई यशकुमार भनेर चिनाउन थाले । नामको पछि थर नलेखेकै आधारमा दलित भनिदिने वा थर लुकाएको भनेर आक्षेप लगाउने जमात पनि समाजमा छ । यशकुमारलाई पनि धेरैले त्यसै भन्थे । ‘जसले जुन रूपमा मलाई हेर्न चाहन्छ, त्यसरी नै हेरोस् । म त मान्छे नै हो । त्यसैले मेरो नाम यशकुमार मात्रै राखेँ । म चाहन्छु, पहिला मलाई मान्छेका रूपमा चिन । त्यसपछि अरु,’ उनले भने ।

यशले आफ्ना छुवाछुतविरुद्धका गीत र फिल्मबाट प्रभावित भएर बिहे गर्ने हिम्मत जुटाएका जोडीहरू थुप्रै भेटेको बताउँछन् । ‘तपाईंको गीत सुनेर अन्तरजातीय बिहे गरेको छु भन्ने प्रशंसक धेरै भेटेको छु,’ उनी सुनाउँछन्, ‘एकपल्ट कार्यक्रमका लागि हेटौँडा जाँदा एउटा जोडी मेरो छेउमा आएर मलाई पालैपालो अंकमाल गरेको थियो । भर्खरै बिहे गरेको जोडी थियो । युवतीले मलाई भनेकी थिइन्, ‘तपाईंको फिल्मले एकदमै छोयो । बिहे गर्ने आँट आयो र हामीले अन्तरजातीय बिहे गर्यौँ । त्यसपछि मलाई महसुस भयो, सिर्जनाको शक्ति ।’

अनिल यादव साप्ताहिकबाट

Leave A Reply

Your email address will not be published.