News Portal

व्यवसायी र मजदूर सार्वजनिक सवारी सञ्चालन गर्न तयार

सार्वजनिक सवारी सञ्चालन गर्न व्यवसायी र मजदूर तयारFile photo
काठमाडौँ । सार्वजनिक सवारीसाधन सञ्चालन गर्न यातायात व्यवसायी र मजदूर तयार भएका छन् ।

सोमबार यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी महाशाखा, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीचको वार्तापछि सवारीसाधन सञ्चालन गर्ने सहमति भएको हो ।

अब विभागले मध्यम तथा लामो दूरीका सवारीसाधनलाई पनि जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिन कोभिड रोकथामका लागि गठित उच्चस्तरीय समितिलाई सिफारिस गर्नेछ । यातायात मजदुरहरुको कोरोना बीमा गर्ने र त्यसका लागि ५० प्रतिशत प्रिमियम सरकारले ब्यहोर्ने तथा ५० प्रतिशत व्यवसायीले ब्यहोर्ने, यातायात श्रमिकहरूका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरूसम्बन्धित व्यवसायीले नै उपलब्ध गराउनेसमेत सहमति भएको छ।

कोरोनाका कारण यातायात मजदुरको मृत्यु भएमा उसलाई क्षतिपूर्ति प्रदान गर्नका लागि कोष खडा गर्नेगरी मन्त्रालयसमक्ष विभागले सिफारिस गर्ने भएको छ। बैठकले भोलि पत्रकार सम्मेलन गरेर औपचारिक रुपमै व्यवसायीहरुले यातायात सञ्चालनको घोषणा गर्ने तयारी गरेको छ ।

Leave A Reply

Your email address will not be published.