News Portal

गायक अजय कार्कीको देश बचाऔँ गीतको भिडियो हेर्नुहोस्

कतै हाम्रो देश नेपालको झन्डा जलाईन्छ त कतै छिमेकीले हाम्रो देशको सिमा मिच्दै आइरहेको छ । यतिबेला कोरोनाको कहर संगै हाम्रो देश आर्थिक मन्दीमा डुबिरहेका बेला गायक अजय कार्की’ले आफ्नो देशलाई मायाँ गर्दै सबैमा (देश बचाऔँ) भन्दै राष्ट्र भक्ति गीत (देश बचाऔँ) गीतको भिडियो सार्वजनिक गरेका छन्।

बहु प्रतिभाका धनि गायक अजय कार्की गायक मात्र नभई संगीतकार गीतकार र म्युजिसियन पनि हुन्” उनि गायन संगै गिटार र किबोर्ड पनि राम्रो बजाउँ छन् । उनको बुवाले पनि घरमा गीत गुनगुनाउने गीत सुन्ने गाउने गर्नुहुन्थ्यो त्यसैले उनीमा सानैबाट सुरताल”को नलेज थियो’ उनि बुटवल पब्लिक स्कुलमा ७ मा पढ्दा देखि उनीमा गाउने ईच्छा जाग्यो उनि पढ्ने स्कुलमा पनि बेलाबेलामा गायन प्रतियोगिता हुने हुनाले पनि उनलाई संगीतमा लाग्न थप मदत गर्यो ।

उनमा गायन प्रतियोगिताले पनि थप हौसला बढायो उनले गायन प्रतियोगितामा गाउँदै जाँदा उनमा अझै आत्मबल बढेर आयो मैले पनि गाउन सक्छु भन्ने उनमा बिश्वास पलायो उनले एस्. एल. सी. दिए लगत्तै बुटवलको बागेश्वरी संगीतालयमा भोकल क्लास लिन लागे संगै उनले आफ्नै अध्यनले गिटार’ किबोर्ड’ पनि सिक्दै गए २०६४ /६५ मा उनले फर्स्ट ईयर’ र सेकेन्ड ईयर’ कम्प्लीट गरे ।

क्रमश उनले थर्ड ईयर’ फोर्थ ईयर’ पनि गरे त्यसै लगत्तै उनि पढ्न काठमाण्डौ आए र काठमाण्डौको साधना कला केन्द्रमा पनि उनले १ बर्ष संगीत क्लास लिए र केहि समय पछी उनि बुटवल फर्के २०७२ सालबाट उनले आफै अरु संगीतका बिध्यार्थिहरुलाई संगीत सिकाउंदै आईरहेका छन् ।

उनले अहिले भैरहवाको हेभेन्ली गार्डेन किड्स क्याम्पस (मन्टेश्वरी)मा प्यानो सिकाउंदै आईरहेका छन् भने आफु पढेको बुटवल पब्लिक स्कुलमा अझै पनि संगीत क्लास दिइरहेका छन् । २०७४ साल देखि उनले बुटवलको युरोकिड्स स्कुलमा पनि उनले संगीत क्लास दीइरहेका छन् । पप गायनमा पोख्त उनि रुपन्देहीका आसपासमा रहेका जिल्ला तथा बुटवलमा हुने राष्ट्रिय तथा स्थानीय सांगीतिक कार्यक्रमा पनि उनको बाक्लै उपस्थिति रहनुका साथै राष्ट्रिय कालाकार स्थानीय कलाकार र कार्यक्रमको लागी ब्याकअप ब्याण्ड’को सम्पूर्ण कार्यभार गायक अजय कार्कीले सम्हाल्दै आईरहेका छन् ।

अहिले सार्वजनिक भएको (देश बचाऔँ) गीतमा शब्द संगीत र आवाज उनकै रहेको छ । गीतमा संगीत संयोजन बिशाल आत्रेयको रहेको छ भने’ उक्त गीत गायनमा गायक अजय कार्कीलाई संगीत संयोजक गायक बिशाल आत्रेय’ले पनि साथ दिएका छन्। ‘ गीतको मिक्सिंग मास्टरिङ भने नरेश पाण्डेले गरेका हुन् । गीतमा हाम्रो नेपाल देशको झण्डा फरफराएरा देशलाई चिनाउ पुर्खाको बलीदानलाइ त्यसै खेर जान दिनु हुँदैन देशका सांस्कृतिक सम्पदाहरु बचाउनु पर्छ भन्ने भावलाई समेटिएको गायक अजय कार्की बताउँछन् ।

उनि भन्छन धेरैले आफ्नो पहिलो गीत निकाल्दा प्रेम भाव समेटेर गीत निकाल्छन भने मैले मेरो पहिलो गीतनै हाम्रो देशको अस्तित्व जोगाउन भन्दै सबैमा अपिल गर्दै राष्ट्रलाई समर्पित गर्दै उक्त (देश बचाऔँ) गीत ल्याएको छु । साथै नेपाली हुनुमा गर्व गरेको छु आशाछ उक्त मेरो प्रयासलाई सबै नेपालीहरुले मन पराई दिनुहुने छ । गीतलाई गायक स्वयम् अजय कार्कीको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

Leave A Reply

Your email address will not be published.