News Portal

कोराना कहरको विषम परिस्थितिलाई ध्यानमा राख्दै लायन्स/लियो क्लव अफ काठमाडौले दिवाखाजा कार्यक्रम

काठमाडौं। लायन्स क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्डस र लियो क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्ड्सले संयुक्त रुपमा दिवाखाजा कार्यक्रम शुभारम्भ गरेको छ। कोराना कहरको विषम परिस्थितिलाई ध्यानमा राख्दै सडकमा ड्युटिमा खटिएका सुरक्षाकर्मी, अलपत्र, असहाय व्यक्ती तथा मजदुरहरुलाई क्लवले जुस र पिउने पानीसहितको दिवाखाजा वितरणको साप्ताहिक कार्यक्रम आज शुभारम्भ गरेको हो ।

जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने मुल मान्यतालाई साकार पार्ने अभिप्रायले उक्त क्लवले आज राजधानीको जडिबुटी, टिकाथली, पेप्सीकोला र काँडाघारी स्थित सडकमा सुरक्षाको लागि खटिएका सुरक्षाकर्मी र केही मजदुरहरुलाई दिवा खाजा, जुस र पानी वितरण गरेको लायन्स क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्ड्सका अध्यक्ष लायन दिपक थापाले बताए। सो दिवाखाजा वितरण कार्यक्रममा क्लवका अध्यक्ष स्वयम् लायन दिपक थापा , लायन वेदनाथ ढकाल ( सर्भिस चेयरपर्शन ) , डिरेक्टर लायन एकराज सिवाकोटी , ओमेन इम्पावरमेन्ट चिफ लायन सपना नहर्की , डिरेक्टर लायन सन्तोश श्रेष्ठ , फन्ड राइज कोर्डिनेटर लायन सुर्यलक्ष्मी दुवाल र लियो क्लवको तर्फबाट अध्यक्ष लियो स्मृती कुँवर , कोषाध्यक्ष लियो दीपा दाहाल र सहसचिव अमृत भट्टराईको प्रत्यक्ष सहभागिता रहेको थियो ।

उक्त साप्ताहिक कार्यक्रमलाई अक्षता बहुउद्देश्यीय सहकारी संस्था लि . , अनमोल वचत तथा ऋण सहकारी संस्था र डिष्ट्रीक ३२५ बी २ को सहकार्य र्बडाबर नेपालको विशेष सहयोग रहेको जनाइएको छ। महामारीमा समस्यामा परेका असाहयहरुलाई साप्ताहिक रुपमा दिवा खाजा खुवाउने, सरकारले घोषणा गरेको बन्दा बन्दीको अवस्था हेरेर थप कार्यक्रमको रुपरेखा निर्माण गर्ने र विशेष गरि बन्दाबन्दीको कारणले भोक भोकै जीवन कटाउन बाध्य भएकाहरुलाई पहिलो प्राथामिकतामा राखेर सेवा प्रदान गर्ने कुरा क्लवले जनाएको छ।

Leave A Reply

Your email address will not be published.