News Portal

बिरगंजमा अवैध डिजिटल क्यासिनोको धन्दा, फसाउने अरु चोट पाउने खेतान दाजुभाइ

डिजिटल माध्यमबाट खेलिने खेलले नेपालमा बैधता प्राप्त गरेको छैन । तर बिरगंजमा यो अवैध खेल खेलाएर मान्छेको उठिवास लगाई रहेको रहस्य खुलेको छ । बिरगंजमा रहेका व्यापारीहरुलाई लक्षित गरेर डिजिटल माध्यमको खेल खेलाएपछि त्यहाँका व्यापारीहरु पीडित बनेको रहस्य खुलेको हो ।

डिजिटल एप्लिकेसन मार्फत क्रिकेट र क्यासिनो खेलाउँदै भारतीय नागरिकहरुले व्यापारीको रकम लगेपछि बिरगंजका व्यापारीहरु गरिखानु न मरिजानुको अवस्थामा पुगेको एक व्यापारीले बताएका छन् । यसका साथै बिरगंजमा रहेका केही बिचौलियाहरुले आफु जोगिनको लागी निर्दोश मान्छेहरुलाई फसाउँन लागि परेको समेत खुलेको छ । केही भारतमा रहेका केही एप्लिकेसन दलालहरुसँग मिलेर बिरगंजका प्रतिष्ठित व्यक्तिहरुलाई फसाउँने खेलमा बिचौलियाहरु लागि परेको बताइएको छ ।

व्यापारीहरुलाई चरम ठगी गरिएपछि बिरगंजकै गौरव खेतान, अंकुश खेतान र डिम्पल अग्रवालको नाम भजाएर ठगीको ढाकछोप गर्न केही व्यक्तिहरु लागि परेको पाइएको छ । त्यस्ता व्यक्तिहरुले रातारात बिरगंज दैनिक नामक फेसबुक एकाण्ट खोली माथी उल्लेखित व्यक्तिहरुको बदनाम गर्ने मनसाय राखेको देखिएको छ । त्यस्ता व्यक्तिहरुले खोलेको उक्त फेसबुकमा गौ।व र अंकुश दाजुभाइले १०, २०, वा ३० लाख दैनिक रुपमै कमाउँन आश्वासन दिएर व्यापारीहरुको उठिवास लगाएको र यही कारणले गर्दा कतिपय व्यापारी आत्महत्या गर्न बाध्य हुन थालेको भनेर लेखिएको छ ।

उक्त फेसबुकमा भ्रामक कुरा लेखेर वास्तविक पिडकलाई जोगाउन खोजिएको एकजना व्यापारीले बताए । यस घटनासँग सम्बन्धित थप वास्तविकताको खोजीमा अनलाइनपाना टिम लागि परेको छ ।

Leave A Reply

Your email address will not be published.