News Portal

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)द्वारा नवरत्न पुरस्कार घोषणा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले नवरत्न पुरस्कार घोषणा गरेको छ । अभिनेत्री मनीषा कोइराला, गायिका हरिदेवी कोइराला, स्रष्टाहरू उन्नति बोहोरा शिला, पुनम काफ्ले र लक्ष्मी माली, समाजसेवी तुलसीदेवी राई, व्यवसायी मीना खड्का क्षत्री र कला खरेल तथा रंगकर्मी सम्पदा मल्ललाई पुरस्कृत गरिने अनेसासले जनाएको छ ।
नवरत्न पुरस्कार नेपाली भाषा, साहित्य, संगीत, समाजसेवा, कला र व्यवसायमा संलग्न नौ महिला प्रतिभालाई हरेक दुई वर्षमा प्रदान गरिँदै आएको छ । पुरस्कारमा २ सय अमेरिकी डलर र सम्मानपत्र रहेको छ ।

 

 

Leave A Reply

Your email address will not be published.