News Portal

डा. गोविन्द केसी-सरकार वार्ता किन असफल भयाे ?

काठमाडौं । सरकार र डा. गोविन्द केसीको वार्ता असफल भएको छ । डा. केसीको वार्ता टोलीले सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको भन्दै अब आफूहरुले दिएको सूचीका आधारमा सुधारसहित चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता आएपछि मात्र वार्तामा बस्ने बताएको छ ।

सरकार र डा. केसीको वार्ता टोलीबीच सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा वार्ता भएको थियो ।तर,चिकित्सा शिक्षा विधेयकमा डा. केसी पक्षले राखेको संशोधनका प्रस्तावमा सरकारी पक्षले कुनै ठोस जवाफ नदिएपछि वार्ता असफल भएको हो ।

“आज २६औं दिनमा डा केसीको स्वास्थ्य असाध्य नाजुक भइसक्दा पनि सरकारी पक्ष चरम गैर जिम्मेवार र संवेदनविहीन हुँदै विधेयक सम्बन्धी दफागत छलफलमा सार्थक रुपमा प्रवेश नगरेको हुनाले यही अलमलका कारण डा. केसीको स्वास्थ्यमा अपूरणीय क्षति पुग्ने अवस्था आइसकेको छ । यो अवस्थामा थप अलमल गरेर डा. केसीको स्वास्थ्यलाई झनै जोखिममा पार्न हामी तयार छैनौं, डा गोविन्द केसी वार्ता टोलीको संयोजक डा अभिषेक राज सिंहले जारी गरेकाे विज्ञप्तीमा भनिएकाे छ ।

नाजुक बन्दै डा. केसीको स्वास्थ्य,

कुनै पनि बेला गम्भीर समस्या आउन सक्ने, डा. गोविन्द केसीको स्वास्थ्य स्थिति नाजुक बन्दै गएको छ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १५ औं पटक अनशन बसेका उनको उपचारमा संलग्न चिकित्सकहरुले केसीको सेतो रक्तकोकोष (डब्लूबीसी) कम हुँदै गएको बताउँदै कुनै पनि वेला अचेत हुन सक्ने बताएका हुन् ।

डा. केसी अनसन बसेको बुधबार २६ दिन पुगेको छ ।‘उहाँको मुटुको चाल पनि अस्थिर छ । कुनै पनि वेला गम्भीर समस्या आउन सक्छ’, चिकित्सकहरुले भनेका छन् ।

Leave A Reply

Your email address will not be published.