News Portal

मेनुकाको प्रतिभालाई हेरेर मैले गीत गाउन दिए- संगीतकार राम आङ्देम्बे (भिडियोसहित)

असार ३१ दमक,झापा। पछील्लो समय गीत संगीत को क्षेत्रमा छोटो अवधिमै धेरै सफलता हासिल गर्ने संगीतकार तथा गायक हुन राम आङ्देम्बे ।
उनको आफ्नै शब्द संगीत रहेको ‘बसन्ती ऋतु झै’ बोल को म्युजिक भिडियोले संगीतकार तथा गायक राम आङ्देम्बेलाई सफलताको शिखरमा पुर्याएको छ। उक्त्त गीतमा नेपाल आइडल बाट चर्चा बटुल्न सफल मेनुका पौडेलले स्वर दिएकी छिन् । उनि भन्छन “मेनुका पाैडेल” चर्चामा रहेको कारण आफुले गीत गाउन मेनुकालाई दिएको नभइ उनको प्रतिभा देखेर दिएको हुँ ।
बसन्ती ऋतुको सफलता पछी उनकाे ‘आउ है कान्छी’ नामक म्युजिक भिडियो सहित नया गीत सार्वजनिकको लागि तयारी अवस्थामा रहेको छ । म्युजिक भिडियोमा नव मोडेल मेलिना लिम्बुको अभिनय रहेको छ ।

बांकी भिडियोमा हेर्नुहोस् :

Leave A Reply

Your email address will not be published.