News Portal

गायिका गीता बस्नेतले ‘सुरुवात’मा ल्याइन ‘तिम्रो नियत मै खोट रैछ’ हेर्नुहाेस ( भिडियाे सहित)

बिर्तामोड झापा। नव गायिका गीता बस्नेत (निसु)को स्वरमा ‘तिम्रो नियत मै खोट रैछ’ गीतकाे म्युजिक भिडियाे सहित ‘सुरुवात’एल्बमकाे एक रमाराेह बीच सार्वजनिक भएकाे छ ।यमन स्टुडियो प्रालिले बिर्तामोडमा साेमबार आयोजित उक्त एल्वम विमोचन कार्यक्रममा संगीतकार शिवशंकर थापा, साहित्यकार देवीभक्त श्रेष्ठ, यमन स्टुडियोका प्रमुख ताराबीर पाण्डे, साहित्यकार विवश बलिभद्र कोइराला लगायत गायक, संगीतकार तथा पत्रकारहरुको उपस्थिति थियो ।

गायिका बस्नेतको एकल गायन तथा नविन चापागाईंको शब्द रहेको ‘तिम्रो नियत मै खोट रैछ’ लगायत ‘सुरुवात’ एल्बममा अन्य चारवटा गीत रहेका छन् , ‘परदेशबाट आएपछि’, ‘ओएकाली ओएकाली’ गरी तीनवटा गीतमा गीताको स्वर रहेको छ भने ।‘तिम्रो साथ हिंडेपछि’ बोलको गीतमा ताराविर पाण्डेसँगले उनलाइ साथ गायनमा साथ दिएका छन् ।
सवै गीतमा ताराविर पाण्डेकाे संगीत सृजना रहेकाे छ भने,याेगेस काजीकाे संगीत संयाेजन रहेकाे छ।

झापाको अर्जुनधारा १ निवासी गायिका बस्नेतको सबै गीत उत्कृष्ट रहेको तथा एकल लगानीमा निर्माण भएको हुनाले यस्ता साहित्य सिर्जनालाई राज्यले सम्मान गर्नु जरुरी रहेको संगीतकार थापाले बताए ।कार्यक्रममा संगीतकार थापा र पूर्वाञ्चल आइडल प्रेम आङ्देम्बेलाई नेपाली गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानकाे कदर गर्दै सम्मान समेत गरिएको थियो ।गायिका बस्नेतको पहिलो तथा उत्कृष्ट गीत रहेको भन्दै सांगीतिककर्मीले उनलाई हौसला तथा सम्मान गरेका छन् ।

उक्त कर्यक्रममा ‘तिम्रो नियत मै खोट रैछ’ गीतकाे म्युजिक भिडियाे पनि सार्वजनिक गरियाे।भिडियाेमा हालै सम्पन्न मिस टिन दमककी बिजेता कृतिका दाहाल र मिली अाङदेम्बेकाे अभिनय रहेकाे छ,याे भिडियाेनै उनिहरूकाे डेभ्यू भिडियाे भएता पनि उनिहरूले स्वभाविक अभिनय गरेका छन् र उनिहरूलाइ अभिनयमा साथ दिएका छन अभिनेता मधु न्याैपानेले,माेफसलमा बसेर मनाेरञ्जनकाे दुनियमा संघर्षरत न्याैपानेका यस अगाडि पनि “लुकी लुकी” “कसरी म भनु तिमीलाइ” लगायत अन्य धेरै भिडियाे सार्वजनिक भै सकेका छन् ।उनले अभिनय गरेकाे “स्टुडेन्ट” ५७ भागकाे टेलीचलचित्र पनि प्रसारण भै सकेकाे छ ।
यसैगरी भिडियाेमा श्रृंगार साेम मग्रातीकाे तथा तिलक रिजालले छायंकनमा,शिशिर बुडाथाेकीकाे सम्पादन रहेकाे छ भने ज्ञानेन्द्र काेइरालाकाे निर्देशनमा झापाका बिभिन्न पर्यटकिय क्षेत्रलाइ समेटेर छायंकन गरिएकाे छ,

Leave A Reply

Your email address will not be published.